टेसा पोखराको अध्यक्षमा गिरी

पोखरा, १५ भदौ ।
टे«किङ इक्युपमेन्ट सप एशोसिएसन (टेसा) पोखराको १२ औ अधिवेशनले रामचन्द्र गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आगामी दुई बर्षिय कार्यकालको लागि गिरीको अध्यक्षतामा ११
सदस्यिय नयाँ कार्यसमिति नर्विरोध निर्वाचित भएको छ ।

समितिको प्रथम उपाध्यक्षमा नारायण प्रसाद सापकोटा, द्धितिय उपाध्यक्षमा प्रमोद भण्डारी सचिवमा रामजीप्रसाद अधिकारी, सहसचिवमा टिकाबहादुर लम्साल र कोषाध्यक्षमा टिकाराम लम्साल चयन भएका छन् ।समितिको सदस्यहरुमा महेन्द्र जिसि, विष्णु सुवेदी, रमेशराज अधिकारी, मिलन सापकोटा चयन भएका छन् ।समितिको निवर्तमान अध्यक्षमा नारायण प्रसाद सुवेदी रहेका छन् ।

यसैबिच, गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले (टेसा) पोखराको १२ औं अधिवेसन एवं २१ औं बार्षिक साधारण सभाको विहिबार पोखरामा उद्घाटन गर्दै टे«किङ इक्युपमेन्टका सामानहरु स्वदेशमै उत्पादन गर्न जोड दिएकाछन् । आउदो असोज महिना भित्र यस प्रदेशका पर्यटकीय गन्तव्य सहितको यहाँका प्राकृतिक तथा सांस्कृतिक महत्व रहेका बिषय बस्तुहरुको खोजि निती गरी संकलन गर्ने अन्तिम तयारी भएको मन्त्री लम्सालले जानकारी दिए । उनले भने “ हामी सघियतामा गए पछि हामीले सवै सेवा यस क्षेत्रबाटै पाउनु पर्छ भन्ने नै हो तर पोखरा क्षेत्रकाहस्पिटलहरुले रात साँझमा आवश्यक सेवा दिन सक्दैनन, यसमा जनता पनि मौन छन । ” हाल आफुहरुलेकानुन निमार्ण र यहाँको बस्तु स्थिती बुझ्दै गरेको बताएका उनले अबको केहि समय पछि उद्धेश्य अनुरुपसवैलाई काम गर्ने वातावरण मिलाउने दाबी गरे ।

आफ्नो मन्त्रालयमा ३ अर्व १० करोडको बजेट भएको उल्लेख गर्दै मन्त्री लम्सालले पर्यटन प्रबद्र्धन गर्न स्पष्ट निती सहित निजी क्षेत्रले सहकार्य गर्न आए उक्त बजेट पर्यटन प्रबद्र्धनमा खर्च गरिने बताए । उनले भने“कसरी यस प्रदेशमा चाईनिज र भारतिय पर्यटहरुलाई हामीले पोखरा भित्राउन सकिन्छ त्यसको बारेमा हामीलेअध्ययन गर्दै छौ, २० करोड चाईनिज पर्यटन भ्रमणमा निस्कने गरेका छन भने भारतिय करिब ५ करोड विदेश भ्रमणमा निस्कदै गर्दा ती पर्यटकहरुलाई हामीले किन विश्वकै उत्कृष्ट मध्यको एक पोखरामा नल्याउने, यस तर्फ प्रदेश सरकार गम्भिर भएको छ । ”

गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले पोखरा महानगरपालिकाले जनताको ढाँड सेक्ने गरी एकिकृत सम्पति करको दर बृद्धि गरेर आरोप लगाए । पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले पदमार्गकोखोजि गर्नुपर्नेमा जोड दिदै केहि व्यवसायिहरुले अझै पनि कर छलि गरेको आरोप लगाए । टेसा पोखराका अध्यक्ष नारायाण सुवेदीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा नेपाल पर्यटन वोर्डका पुर्व सदस्य गणेश भट्टराई, पोखरा उद्योग बाणिज्य संघ उद्योग तर्फका उपाध्यक्ष गोकर्ण कार्की, टेसाका उपाध्यक्ष नारायण सापकोटा, सचिव प्रमोद भण्डारी लगायतले वोलेका थिए ।

You might also like

Comments are closed.