टोपी दिवसमा बृद्धबृद्धालाई टोपी

सन्देश श्रेष्ठ
पोखरा, १७ पुष

नेपाली टोपी दिवसको अवसरमा कास्की ढाका टोपी व्यवसायीले बृद्धबृद्धाहरुलाई ढाका टोपी वितरण गरेको छ । अन्तराष्ट्रिय टोपी दिवसको अवसरमा मंगलबार कास्की ढाका टोपी व्यवसायीले पोखरा १४ खाल्टेमसिनास्थित वात्सायन बृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरुलाई ढाका टोपी वितरण गरेको हो । कास्की ढाका टोपी व्यवसायीका अध्यक्ष तीर्थलाल श्रेष्ठको नेतृत्वमा गएको टोलीले वात्सायन बृद्धाश्रमका बृद्धबृद्धाहरुका लागि १५ हजार बराबरको ढाका टोपी वितरण गरिएको ढाका टोपी व्यवसायी गण्डकी प्रदेश संयोजक रामचन्द्र तिमिल्सना ‘टोपी बाजे’ले जानकारी दिए । सो अवसरमा ४० थान कुर्सी पनि बृद्धाश्रमलाई प्रदान गरिएको टोपी बाजेले बताए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै पोखरा १४ का अध्यक्ष प्रेमबहादुर कार्कीले टोपी शीरको शान भएको बताए ।

कास्की ढाका टोपी व्यवसायीका अध्यक्ष तीर्थलाल श्रेष्ठले ढाका टोपी राष्ट्रियतासँग जोडिएको र यसले नेपाली जनताको शान, मान र प्रतिष्ठा बढाउने उल्लेख गरे ।

You might also like

Comments are closed.