टोयटामा एक वर्षको ईन्सुरेन्स फ्रि

आर्थिक आवाज

पोखरा । दशैं र तिहारको अवसरमा टोयटाले एक वर्षको इन्सुरेन्स सुविधा दिएको छ । टोयटाले दशैं र तिहारमा क्यास छुट नभई ईन्सुरेन्सको रकम कम्पनीले तिरिदिने अफर ल्याएको हो ।

टोयटाले रस, ल्याण्ड क्रुजर, हायस गाडी सबैमा यो अफर लागू हुने जनाएको छ । यो अफर गत बुधबारदेखि शुरु भएको हो भने तिहारसम्म जारी रहने टोयटाको पोखराको अधिकृत विक्रेता अटोवेजका सञ्चालक नारायण पौडेलले जानकारी दिए ।

टोयटाको ३५ लाखमा पाइने इटिस सेडान गाडीदेखि ४ करोड ८ लाख रुपैयाँ पर्ने ल्याण्डक्रुजर गाडीसम्म अटोवेजमा उपलब्ध रहेको पौडेलले बताए । अटोवेजले आयसर ब्राण्डका स्कुल बस, ट्रक, टिप्पर लगायतका गाडी पनि बिक्री भइरहेका छन् ।

You might also like

Comments are closed.