पोखरा । ट्याक्सी र च्याङग्रा चोरीको आरोपमा केही युवाहरु पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. १४ शिवमार्ग टोल मझेरीपाटनमा पार्किङ गरि राखेको ग१ज ३८७१ नम्बरको मारुती सुजुकी ट्याक्सी चोरी भएको थियो ।
घटनाको अनुसन्धानको सिलसिलामा उक्त नं. को ट्याक्सी पोखरा महानगरपालिका वडा नं. २६ बिजयपुर माथि टाइगरटपको डाडा नजिक फेला पारिएको र उक्त चोरी कार्यमा संलग्न वर्ष २२ को राजन राई, वर्ष २१ को अजय परियार, वर्ष २० को संजय परियार र वर्ष १४ का एक जना बालक समेतलाई पक्राउ गरी कानुनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यसैगरी कास्की जिल्ला अन्नपूर्ण गाउपालिका वडा नं. ६ ढावामा पर्वतबाट पोखराको लागि हिडाइका १ सय ९९ वटा च्यांग्रा मध्ये बाटोबाटै २ वटा च्यांग्रा चोरी भएका थिए । च्याङग्रा चोरी काटेर पोल्दै गरेको अवस्थामा सोही स्थान बस्ने वर्ष २४ को सागर गुरुङ र वर्ष २४ कै विशाल गुरुङलाई सोही दिन २२ बजेको समयमा पक्राउ गरी कानुनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।
Comments are closed.