आर्थिक आवाज
पोखरा । नेपाल ट्रक यातायात व्यवसायी संघ गण्डकी प्रदेशको पदस्थापन सोमबार पोखरामा भएको छ । कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले सरकारले अज्ञानताका कारण लिएर आएको यातायात व्यवस्था ऐनबाट व्यवसाय मर्कामा परेको बताए । व्यवसाय नै बन्द गरेर खाडी मुलुक जान बाध्य पार्ने काम गरेको आरोप लगाए ।
ढुवानी व्यवसायीलाई राज्यले दोस्रो दर्जाको नागरिकका रुपमा हेरेको बताउँदै भोलि त्यसको नतिजा राज्यले भोग्न तयार हुनुपर्ने केन्द्रीय उपाध्यक्ष कृष्ण हरि जिसीले बताए । प्रदेश संयोजक लिलाधर बरालको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका महासचिव राजेन्द्र बानियाँ, कोषाध्यक्ष ओम कार्की, महासंघका केन्द्रीय सदस्य भानुभक्त अधिकारी, गोविन्दराम पन्त लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन विष्णुमणि बरालले गरेका थिए ।
Comments are closed.