ट्राफिक प्रहरीलाई डेरी एसोसिएसन गण्डकीको सहयोग

पोखरा । नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेशले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई सुरक्षा सामग्री तथा दूधबाट बनेका खाद्यपदार्थ सहयोग गरेको छ । २०औं विश्व दुग्ध दिवसको अवसरमा सोमबार एसोसिएसनले सहयोग गरेको हो ।

माक्स, सेनिटाइजर, सेफ्टि भाइजर, दूध, दही, छुर्पी लगायतका दुग्ध पदार्थ ट्राफिक प्रहरीलाई सहयोग गरिएको एसोसिएसनका अध्यक्ष शिवहरि आचार्यले जानकारी दिए । कोरोना विरुद्धको अभियानमा इम्युनिटी पावर बढाउन दुग्ध पदार्थ सेवन गर्नुपर्ने उक्त अवसरमा आचार्यले बताए । सहयोगप्रति जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख सन्तोष रोकालाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा नेपाल डेरी एसोसिएसनका प्रदेश अध्यक्ष शिवहरि आचार्य, नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष रेशमराज पन्थी, ज्ञानेन्द्र बजगाई, केन्द्रीय सदस्य राम बराल, सल्लाहकार सुरेश श्रेष्ठ, सप्त गण्डकी दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष पुण्यप्रसाद पौडेल लगायत उपस्थित थिए ।

You might also like

Comments are closed.