ट्राफिक भवन बनाउन अधिकृत विक्रेता संघको साथ

आर्थिक आवाज
पोखरा, १ मंसिर । अधिकृत बिक्रेता संघ कास्कीले जिल्ला ट्राफिक कार्यालय कास्कीको भवन निर्माणका लागि सहयोग गरेको छ । संघले शनिबार एक कार्यक्रमका बीच १ लाख १ रुपैयाँ सहयोग गरेको निर्माण समितिका अध्यक्ष दिलीपराज श्रेष्ठले जानकारी दिए ।

संघका अध्यक्ष हरिराज पन्त लगायत पदाधिकारीहरुको समूहले निर्माण समितिका संयोजक श्रेष्ठलाई सहयोग हस्तान्तरण गरेका हुन् । ट्राफिक व्यवस्थानमा सहयोग गरी सुरक्षित पोखरा बनाउने अभियानमा योगदान पु¥याउन भवन निर्माण अभियान सुरु गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

‘पोखरा उद्योग वाणिज्य संघ लगायत विभिन्न संघसंस्था तथा व्यापारिक प्रतिष्ठानबाट सहयोग प्राप्त भइरहेको छ,’ उनले भने, ‘भवन निर्माण पश्चात पोखराको ट्राफिक व्यवस्थापन र सुरक्षामा सहयोग पुग्नेमा हामी विश्वस्त छौं ।’

भवन निर्माण अभियानमा सहयोग गर्नका लागि अध्यक्ष श्रेष्ठले संघसंस्था र व्यावसायिक प्रतिष्ठानहरुलाई आग्रह गरेका छन् । प्रहरी निरीक्षकमा बढुवा भएका शिवबहादुर थापालाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।

You might also like

Comments are closed.