ट्राफिक सचेतनासंगै महिलालाई गाडी सिकाउने अभियान

पोखरा, १५ फागुन । सामाजिक जागरणका लागि नारी अभियानले महिलाका लागि ट्राफिक सचेतना संगै गाडी सिकाउने अभियान सुरु गरेको छ । पोखरामा सञ्चालन हुन लागेको मानव सेवा आश्रमको परिचयात्मक कार्यक्रमसंगै मंगलबारदेखि गाडी सिकाउने अभियानको सुरुवात गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी प्रदेश नं ४का उपसभामुख सृजना शर्माले मानवसेवा नै सवै मानिसको कर्तव्य भएको भन्दै सेवामा लाग्न आह्वान गरिन् । मानव सेवा आश्रमले गरेको सेवा र सामाजिक जागरणले समाज र महिलाहरुका लागि गरेका गतिविधीहरुका वारेमा प्रशंसा गरिन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य प्रभा कोइराला, गायत्री गुरुङ र मिना गुरुङ लगायतलाई माला र टिकाद्वारा सम्मान गरिएको थियो । मानवीयताको लागि सडक मानवहरुको हक, हित र अधिकारको विषयमा आवाज उठाउदै सडक मानवको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमको विषयमा आश्रमको अभियान्ता होमनाथ तिमल्सिनाले परिचयात्मक प्रस्तुति राखेका थिए ।

अभियन्ता नवराज केसी र अविभावक राजेश फुयालले कास्कीमा मावन सेवा आश्रम चाडै संचालन हुन लागेको जानकारी दिदै सहयोगका लागि आह्वान गरे । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्र.नि. ऐन बहादुर मल्लले टोलटोलमा ट्राफिक सचेतना जगाउनुपर्ने आवश्यकता औल्याए । ट्राफिक सचेतनाको विषयमा सा.प्र.नि राजेन्द्र कार्कीले सहजीकरण गरेका थिए । संयोजक पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य सदस्य सरस्वती अधिकारी र संचालन पवित्रा केसीले गरेकी थिइन् ,

कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधी, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधी, मानवअधिकारकर्मी, ममाजसेवी, आमा समूह लगायत विभिन्न संघसंस्थाका १ सय ५० भन्दा वढीको सहभागिता रहेको थियो । पहिलो चरणको गाडी सिक्ने अभियान अन्तर्गत विभिन्न ड्राइभिङ इन्स्टिच्युटका सहकार्यमा ५० जना महिलाले गाडी सक्दिै छन् ।

You might also like

Comments are closed.