ट्रिनिटीको आयोजनामा ‘स्टडी ईन अष्ट्रेलिया ग्राण्ड सेमिनार’ हुँदै

आर्थिक आवाज
पोेखरा, १९ पुस । अध्ययनको लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी ‘स्टडी ईन अष्ट्रेलिया ग्राण्ड सेमिनार’ पोखरामा हुने भएको छ । विद्यार्थीलाई परामर्श प्रदान गर्ने उद्देश्यले ट्रिनिटी एजुकेसन फाउण्डेसनले सेमिनार आयोजना गरेको हो । जनवरी ७ अर्थात पुस २३ गते सोमबार सेमिनार हुने ट्रिनिटीका सञ्चालक डिबी गुरुङले जानकारी दिए ।

सेमिनारमा ब्याचलर अफ एकाउण्टिङ र ब्याचलर अफ अन्ट्रुप्रेनुअरसिप एण्ड इन्नोभेसनको वारेमा छलफल हुनेछ । सेमिनारमा क्राउन इन्स्टिच्युट अफ हायर एजुकेसनका प्रतिनिधीहरुको उपस्थिति हुने जनाइएको छ । उक्त सेमिनारमा स्पट एड्मिसनको व्यवस्था पनि रहेको र सेमिनारमा उपस्थित हुने प्रत्येक विद्यार्थीलाई कलेजले १० प्रतिशत छात्रवृत्ती उपलव्ध गराउने कुराको जानकारी सञ्चालक गुरुङले दिए ।

सेमिनारमा क्राउन इन्स्टिच्युट अफ हायर एजुकेसनका डिन ग्रयान्ट जोन्स, बोर्ड अफ डाइरेक्टर डेरिल गउल्ड, दीपक कुमार खड्का, साउथ एसियाका रिजनल मार्केटिङ म्यानेजर स्याम कुमार सिंह, रतमा ज्युम्रोनसिरी लगायतको उपस्थिती रहनेछ । बिहान ९ देखि ११ बजेसम्म पोखराको चिप्लढुङगास्थित दि भिलेज रेस्टुरेन्टमा सेमिनार चल्नेछ । र ट्रिनिटीको तर्फबाट उपस्थित हरेक विद्यार्थीलाई विशेष गिफ्टको व्यवस्था रहेको बताइएको छ ।

You might also like

Comments are closed.