ट्रेडमलमा खुल्यो कोरियन भाषा कक्षा

पोखरा, २७ साउन ।

पोखराको चिप्लेढुंगास्थित ट्रेडमलमा सलिमा एजुकेसन कन्सल्टेन्सी तथा एक्स्पर्ट कोरियन ल्याङवेज इन्स्टिच्युट खुलेको छ । कोरियन भाषा सिक्न चाहनेहरुलाई लक्षित गरी कन्सल्टेन्सी स्थापना गरिएको प्रवन्ध निर्देशक रोशनी छिनालले जानकारी दिइन् ।

कोरियन प्रशिक्षकबाट भाषा कक्षा सञ्चालन गरिने उनले बताइन् । कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत स थे योङले नै कक्षा नेतृत्व गर्नेछन् । अन्य २ जना नेपाली प्रशिक्षकको समेत व्यवस्था गरिएको योङले जानकारी दिए । कोरियन भाषा (टोपिक) ५ लेबल गरेका नेपाली प्रशिक्षकले भाषा सिकाउनेछन् ।

कोरियन भाषासँगै उच्चारण पनि राम्रोसँग सिकाइने योङले जानकारी दिए । कोरिया जान चाहनेहरुका लागि पनि परामर्श सेवा तथा आवश्यकीय अन्य सहयोग गरिने उनले बताए । अनौपचारिक रुपमा सञ्चालनमा आएको कन्सल्टेन्सीको ग्राण्ड ओपनिङ केही पछि गर्ने बताइएको छ ।

सिबिटी, पिबिटी दुवै कक्षाहरु सञ्चालन गरिने, नयाँ तथा पुराना विद्यार्थीका लागि छुट्टाछुट्टै अध्यापन गराइने, इच्छुक विद्यार्थीलाई ट्युसनको व्यवस्था, विद्यार्थी भिषामा कोरिया पठाइने लगायत विशेषता रहेको छिनालले जानकारी दिइन् ।

You might also like

Comments are closed.