ट्रेड मलको बम्पर बिजेता छनौट, कुपन नं. ३७३६० यामाहा बाइक उपहार

आर्थिक आवाज
पोखरा । पोखराको चिप्लेढुंगामा रहेको पोखरा ट्रेड मलले ‘दसैं तिहार उत्सव–२०७६’ कार्यक्रमको बम्प्पर उपहार बिजेताको छनौट गरेको छ । गत असोज ५ देखि मंसिर ४ गतेसम्म संचालन भएको उक्त उपहार योजना अन्तर्गत ३७३६० नं को कुपनका ग्राहकले बम्पर उपहार जितेका छन् । बम्पर उपहार अन्तर्गत उक्त नम्बरका ग्राहकले यामाहा एफजेट–एस१ बाइक उपहार प्राप्त गर्नेछन् ।

बिजेताले अर्धकट्टिसहित १५ दिन भित्र पोखरा ट्रेड मलको कार्यालयमा सम्र्पक राख्नुपर्नेछ । पोखरा ट्रेड मलले नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् तथा छठ लगायत चाड पर्बहरुको अवसरमा ग्राहकलाई लक्षित गरी दशै तिहार उत्सव– २०७६ कार्यक्रम सञ्चालन गरेको थियो । यो समयावधिमा ट्रेड मलमा रहेका जुनुसुकै पसलबाट ५ सय रुपैयाँ बराबरको किनमेल गर्ने ग्राहक यो उपहार योजनामा सहभागी भएका थिए । योजना अबधी भित्र ३ जना भाग्यशाली ग्राहकले १ लाख ५० हजार रुपैयाँसम्मको नगद उपहार प्राप्त गरिसकेको उत्सव व्यवस्थापन समितिका संयोजक नबराज त्रिपाठीले जानकारी दिए ।

६ जना भाग्यशाली ग्राहकले डोकोभरी उपहार प्राप्त गरिसकेको पनि कार्यक्रममा जानकारी गराइयो । चौथो हप्ताको ५० हजार रुपैयाँ नबराज सापकोटा र डोको भरी उपहार अनिता त्रिपाठी र मनिशा खनालले जितेका छन् । अन्तिम हप्ताको ५ जना डोको भरी उपहार बिजेता को कुपन नं क्रमशः २६८६३, ४००८४, ००४०१, २२७६६ र ७५१२४ रहेको उत्सव व्यावस्थापन समितिका सचिव माधव प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

गण्डकी प्रदेशका सांसद बिन्दु कुमार थापाको प्रमुख आथित्यतामा संचालन भएको समापन तथा बम्पर उपहार घोषणा कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष रामराज कोइराला, वडा नं ४ का वडा अध्यक्ष शंकर बास्तोला, पोखरा ट्रेड मल एण्ड हाउजिङ प्रा.लि.का प्रबन्ध संचालक मीनराज काफ्ले लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.