पोखरा ट्रेड मलमा सपिङ गरेका अधिकारीलाई ५० हजार नगद उपहार

आर्थिक आवाज
पोखरा, १८ कात्तिक । पोखराको मुख्य व्यापारिक केन्द्र चिप्लेढुंगामा अवस्थित पोखरा ट्रेड मलमा सपिङ गरेका कास्की धितालका राजिव अधिकारीलाई नगद ५० हजार रुपैयाँ उपहार परेको छ । मलले चाडपर्वलाई लक्षित गरी सुरु गरेको ‘दशैं तिहार उत्सव’ योजना अन्तर्गत परेको क्र्याच कुपनबाट उनले नगद ५० हजार जितेका हुन् । अधिकारीलाई आइतबार एक कार्यक्रमका बीच नगद हस्तान्तरण गरिएको छ । आफूले सोच्दै नसोचेको उपहार पाउँदा निकै हर्षित महसुस भएको अधिकारीले बताए ।

बम्पर उपहारको साथमा हात खाली नजाने स्त्र्mयाच कुपनको विशेष उपहार योजना असोज पहिलो साताबाट सुरु भएको थियो । प्रत्येक ग्राहकले स्क्र्याच कुपन मार्फत कुनै न कुनै उपहार प्राप्त गर्ने सुनिश्चित भएपछि मलमा सपिङ गर्न ग्राहकको आकर्षण देखिएको दशैं तिहार उत्सव व्यवस्थापन समितिका सचिव माधव तिमिल्सिनाले जानकारी दिए ।

योजना अन्तर्गत ग्राहकको लागि १० लाख रुपैयाँ बराबरकोे उपहारको व्यवस्था गरिएको दशैं तिहार उत्सव व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठीले जानकारी दिए । ‘बम्पर उपहार योजनामा सहभागी हुनको लागि मलमा आउने ग्राहकले न्युनतम ५ सय रुपैयाँको सामान खरिद गरे पुग्छ,’ उनले भने । ‘स्त्र्mयाच कुपनमा सहभागी हुनको लागि ५ हजार रुपैयाँको सपिङ गर्नुपर्छ ।’

बम्पर उपहारमा १ लाख रुपैयाँ एक जनालाई र १० हजार रुपैयाँ ५ जनालाई प्रदान गरिनेछ । स्त्र्mयाच कुपनमा ५० हजार रुपैयाँसम्मकोे नगद तथा सपिङ भौचरको उपहार ग्राहकले जित्न सक्नेछन् । सेल्फी प्रतियोगिता, खाने प्रतियोगिता र ट्रेजरहन्ट प्रतियोगिता पनि यस उत्सवमा समावेश गरिएको छ । यो योजना मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ । मंसिर ८ गते बम्पर उपहार विजेता छनौट गरिने बताइएको छ ।

२०७२ असोज २६ गते औपचारिक रुपमा सञ्चालनमा आएको मलमा नुनदेखि सुनसम्मका सामान एकै छानोमुनि पाइन्छन् । मलमा आउने ग्राहकहरुलाई मध्यनजर गरी मल व्यवस्थापन समिति साथै व्यवसायीहरु मिली विभिन्न अवसर पारी ग्राहकमुखि कार्यक्रमहरु सञ्चालन गरिरहेको मलका अध्यक्ष विन्दुकुमार थापाले बताए ।

मलको औपचारिक शुभारम्भदेखि नै विभिन्न चाड पर्व तथा नयाँ वर्षको अवसर पारी विभिन्न ग्राहक लक्षित कार्यक्रम संचालन गर्दै आइरहेको प्रवन्ध निर्देशक मीनराज काफ्लेले जानकारी दिए । ‘मलले संचालन गर्ने यस्ता कार्यक्रमहरुमा उपहार मात्र नभै मलमा आउने ग्राहकका लागि कार्यक्रमका अवसरमा गरिने विभिन्न खाले मनोरन्जनका कार्यक्रमले पनि ग्राहकको मन जितेको महशुस गरेका छौं,’ उनले भने, ‘दशैं, तिहार र छठ लगायतका पर्वहरुको अवसरमा मलले दशैं तिहार उत्सव घोषणा गर्न पाउँदा हर्षित छौं ।’

पोखरा ट्रेड मलमा राजिबको सपिङ, ५० हजार रुपैयाँ उपहार जितेपछि यसरी भए दङग

पोखरा ट्रेड मलमा राजिबको सपिङ, ५० हजार रुपैयाँ उपहार जितेपछि यसरी भए दङग

Gepostet von Arthik Awaj am Sonntag, 4. November 2018

You might also like

Comments are closed.