पोखरा । पोखरा महानगरपालिका २८ कालिकामा रहेको ठूलाकोट कृषि सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारणसभा तथा कार्यालय उद्घघाटन कार्यक्रम सम्पन्न भएको छ ।
साधारणसभामा प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारीका सदस्यहरूले आफ्नो सहकारीमा कारोवार नगरी नाफा खोज्न नहुने बताउदै सहकारीहरू जुन उध्यस्यले खोलिएका छन् त्यही अनुसार काम गर्नु्पर्ने बताए ।
कार्यक्रममा बिषेश अतिथि पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष निर्मल दियालीले ठूलाकोट कृषि सहकारीले उत्कृष्ट काम गरेको बताउँदै २८ मा रहेका सहकारीहरूसंग वडाले सहकार्य गरेर काम गर्ने बताए ।
सहकारीका अध्यक्ष राजेश भण्डारीको अध्यक्षतामा भएको सधारणसभामा सहकारीका संस्थापक अध्यक्ष विश्वरमण अधिकारी कालिका सहकारीका सचिव खगेन्द्रराज भण्डारी कालिका भलाई कोषका अध्यक्ष केदारनाथ अधिकारी उत्कृष्ट बाख्रापालक कृषक प्रकाशरमण अधिकारी बिजय सहकारीका अध्यक्ष ईन्द्रराज बराल नेकपा २८ का अध्यक्ष भोलानाथ त्रिपाठी लगाएतले मन्तव्य राखेका थिए ।
साधारणसभामा सहकारीका सहसचिव सुनिता तिमल्सिनाले सहकारीका सात सिद्वान्त वाचन गरेकी थिइन । सहकारीका अध्यक्ष राजेश भण्डारीले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन सचिव गोकर्ण त्रिपाठीले प्रस्तुत गरेको सचिवको प्रतिवेदन र कोषाध्यक्ष शैलेन्द्ररमण अधिकारीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन, लेखा संयोजक माधव प्रसाद पौडेलले प्रस्तुत गरेको लेखाको प्रतिवेदन पारित गरिएको छ ।
सहकारीका सचिव गोर्कण त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सहकारीका उपाध्यक्ष श्याम प्रसाद तिमिल्सेनाले गरेका थिए । साधारणसभामा उत्कृष्ट कारोवार गर्ने सेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।
समाचार लेखकः मनोहरि पौडेल
Comments are closed.