डाउन टाउनद्धारा विद्यार्थीलाई सहयोग

पोखरा, ९ असोज ।

लायन्स क्लव अफ पोखरा डाउन टाउनले माछापुच्छ्रे गाउँपालिका वडा नं २ खाँदरजुगमा रहेको वाराही आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा तथा खेलकुद सामाग्री वितरण गरेको छ ।

सोमवार क्लवका अध्यक्ष भानुभक्त अधिकारीको नेतृत्वमा गएको क्लवका सदस्यहरुको समुहले विद्यालयका ५० जना विद्यार्थीहरुलाई ८० हजार मुल्य वरावर स्विटर, खेलकुद सामाग्री तथा फलामको चिप्लेटी हस्तान्तरण गरेको हो । उक्त सामाग्री क्लवका अध्यक्ष अधिकारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमवहादुर गुरुङ र प्रधानाध्यापक रामप्रसाद आचार्यलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ वि वानका एनएलएफ डिर्पाटमेन्ट चिफ मीलन थापाले क्लवले स्थापनादेखीनै सकारात्मक र उदाहरणीय कार्य गरेको भनाई राखिन् ।

कार्यक्रममा क्लवका निर्वतमान अध्यक्ष हरीप्रसाद पराजुली, भूपू अध्यक्ष रहमोहन सुवेदी, क्लवका सचिव विष्णुप्रसाद सुवेदी, सदस्य मदन केसी, सुगमणी पराजुली लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.