डा. अनिल भट्टराईको नेतृत्वमा नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

पर्वत : वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर अनिल भट्टराईको नेतृत्वमा फलेवास नगरपालिका ११ पाङ्ग्राङमा बृहत नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ। अखिल प्रवाशी युवा संघ र फलेवास ११ पाङ्ग्राङ को संयुक्त आयोजनामा शिबिर सम्पन्न भएको हो।

शिबिरमा मुटु, छाला, जर्नरल फिजिसियन जस्ता रोगको परिक्षण भएको थियो। उक्त शिबिरमा १ हजार २ सय ३० जनाको स्वास्थ्य परिक्षण गरिएको थियो। जस मध्य मुटुको भिडियो एक्सरे १४३ जना, ३१८ जनाको ईसिजी गरिएको थियो। साथै ६२ जनाले नियमित औषधि सेवन गर्नु पर्ने र १० जनाको मुटुको रक्तनलि ब्लक भएको पाईएको छ। शिबिरमा १६ जना स्वास्थ्यकर्मिले पसहभागिता रहेको थियो।

मुटुको रक्तनलि ब्लक भएका १० जनालाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज काठमाडौंमा नि;शुल्क उपचार गरिने स्वास्थ्य शिबिरका संयोजक पदम कुँवरले आदर्श खबरलाई जानकारी दिनु भयो। उक्त शिबिरमा १३ लाख ४सय ५० रुपैँया बराबरको सेवा नि;शुल्क प्रदान गरिएको थियो।

फलेवास नगरपालिका प्रमुख पदमपाणि शर्माको प्रमुख अथित्यतामा भएको शिबिरमा फलेवास नगरपालिकाका उपप्रमुख मन्जु अधिकारी, डा अनिल भट्टराई नेकपा पर्बतका कार्यलय सदस्य भक्त कुँवर लगायतको उपस्थिति रहेको थियो। फलेवास नगरपालिका वडा नं ११ का वडा अध्यक्ष शेरबहादुर सुनारको अध्यक्षतामा सम्पन्न शिबिरमा स्वागत शिबिरका संयोजक पदम कुँवर र संचालन दिपक भट्टराईले गर्नु भएको थियो।

You might also like

Comments are closed.