डा. गोविन्द केसीले सुरु गरे १६औं अनसन

काठमाडौं, २५ पुस । डाक्टर गोविन्द केसीले १६औं अनसन इलामबाट सुरू गरेका छन् । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक केसीले सरकारसँग गरेको सहमतिविपरित संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गरेपछि पुनः आमरण अनसन सुरु गरेका हुन् ।

इलामस्थित सहरी विकास तथा भवन निर्माण विभागको डिभिजन कार्यालयमा केसी अनसन बसेका छन् । पत्रकार सम्मेलन गरी उनले अनसन सुरु गरेका हुन् । पूर्व सहमति कार्यान्व्यन हुनुपर्ने उनको माग छ ।

You might also like

Comments are closed.