डा.बुद्धिबहादुर थापा एफआरसिपी उपाधिबाट सम्मानित

पोखरा,२२ वैशाख । पोखराका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. बुद्धिबहादुर थापा बेलायतको फेलो अफ रोयल कलेज अफ फिजिसियन(एफआरसिपी) उपाधिबाट बिभुषित भएका छन् ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति समेत रहेका प्रा.डा थापालाई नेपालमा चिकित्सा सेवामा बिशिष्ट योगदान पु¥याए बापत रोयल कलेजका अध्यक्ष प्रोफेसर डेरेक बेलले कलेजको फेलोजहरुको पुस्तिकामा हस्ताक्षर गराएर सो उपाधिबाट बिभुषित गरेका थिए ।

डा.थापासँगै नर्भिक अस्पतालका सिनियर कन्सल्टेन्ट कार्डियोलोजिष्ट प्रा।डा यादब भट्ट, निदान,एवम् नेपाल क्यान्सर अस्पतालका पेटरोग बिशेषज्ञ डा. निरज जोशि, काठमान्डौ मेडिकल कलेजका न्युरोलोजिष्ट प्रा.डा.रवीन्द्र श्रेष्ठ तथा चितवन मेडिकल कलेजका प्रा.डा सितल अधिकारी पनि बिभुषित भएका छन् ।

नेपाल भरीका फिजिसियन हरुको छाता संगठन सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल(साइमन) को १४ औ अन्तर्राष्ट्रिय सम्मेलनको अवसरमा सो उपाधि प्रदान गरिएको हो ।
यही वैशाख १९, २० र २१ गते काठमान्डौमा सम्पन्न भएको उक्त सम्मेलनमा बेलायत, अमेरिका, इटली ,भारत पाकिस्तान, बंगलादेश तथा नेपालका गरी करिव पाँच सय जना चिकित्सकहरुको सहभागिता थियो ।

सम्मेलन को मुख्य बिषय दिर्घकालीन रोगको उपचार रहेको र मेडिसिन सम्बन्धि सम्पुर्ण बिधाहरुमा सोध पत्र प्रस्तुत भई छलफल भएको प्रा.डा. थापाले बताए।

कार्यक्रमको शुभारम्भ म्यागासासे पुरस्कारबाट सम्मानित महाबिर पुनले गरेका थिए । बेलायतको प्रतिष्ठित शैक्षिक संस्था रोयल कलेज अफ फिजिसियन इडिनवर्गको सहकार्यमा भएको कार्यक्रममा १९ गते नेपालका लागी बेलायती राजदुत रिचर्ड मोरिस र नेपालका अन्य फेलोजको उपस्थितिमा फेलोज साइनिङ कार्यक्रम भएको थियो ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.