डिजिकमका प्रत्येक प्रडक्टमा २० प्रतिशत छुट

अरुण बंसल
अध्यक्ष, हाइटेक इन्जिनियरिङ प्रालि

काठमाडौंमा आयोजित क्यान इन्फोटेकमा हामीले वर्षेनी सहकार्य गर्दै आइरहेका थियौं । यसपटक हामीले पोखरामा आयोजित क्यान इन्फोटेकलाई पनि साथ दिएका छौं । इन्फोटेकको मुख्य प्रायोजक भएर पोखरा आउन पाउँदा हामी हर्षित छौं । डिजिकमको सेवा सञ्चालनको २०औं वर्षको उपलक्ष्यमा देशभर ब्राण्ड प्रवद्र्धनको अभियानमा सक्रिय भइरहेका छौं ।

जिडिकमले २० वर्ष अगाडि नेपालमा विभिन्न नेटवर्किङ पडक्टहरुका सामानहरु उपलब्ध गराउँदै आइरहेको छ । देशभर डिजिकमका सामानको माग उच्च छ । नेपाल टेलिकम, एनसेल लगायत इन्टरनेट सर्भिस प्रोभाइडरहरु तथा केवल टिभी अपरेटरहरुले डिजीकमका नेटवर्किङ प्रडक्टहरु बिगत २० वर्षदेखि प्रयोग गर्दै आइरहेका छन् । डिजीकमको अपटिकल फाइबर केबलको माग बढिरहेको छ । उपभोक्ता प्रडक्टमा विभिन्न मोडलका राउटरहरु, एक्स्टेन्सन कडहरु, टेलिफोन सेटहरु धेरै प्रशिद्ध छन् ।

२०औं वर्षको उपलक्ष्यमा डिजिकमले नेपालका लागि ब्राण्ड एम्बेस्डरमा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलालाई आबद्ध गरेको छ । यसै क्रममा पोखरामा आयोजित नवौं संस्करणको क्यान इन्फोटेकको समेत आकर्षण बढाउने गरी कलाकारद्वय गिरी र निरौलालाई हामीले पहिलो दिन यहाँ ल्याउँदैछौं । उहाँहरुसँग फोटो खिचाउने व्यवस्था गरिएको छ । २०औं वर्ष प्रवेशकै अवसरमा मेला अवधिभरी डिजिकमका हरेक प्रडक्टमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

You might also like

Comments are closed.