डुङगा पल्टिदा ५ जना बेपत्ता, ४ जनाको सकुसल उद्धार

आर्थिक आवाज
पोखरा, २३ भदौ । कास्कीको लेखनाथस्थित बेगनासतालमा डुङगा पल्टिदा ५ जना बेपत्ता भएका छन् । डुङगामा यात्रा गरिरहेका ९ जना मध्ये ४ जनाको सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

शनिबार दिउसो डुङगा पल्टिएको हो । डुङगा पल्टिएको खबर पाउने वित्तिएकै प्रहरी टोली उद्धारका लागि त्यसतर्फ गएको थियो । प्रहरी र स्थानीयहरुले बेत्ताहरुको खोजी गरिरहेका छन् ।  घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ

You might also like

Comments are closed.