डुम्रे बजार सिसी क्यामेराको निगरानीमा

तनहुँ, १४ फागुन
तनहुँको व्यापारिक केन्द्र डुम्रे बजारमा सिसी क्यामेरा जडान गरिएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार इकाईले बन्दीपुर गाउँपालिकासँग सहकार्यमा गरी डुम्रे बजारमा ११ वटा सिसि क्यामरा जडान गरिएको हो ।

गाउँपालिको ६० प्रतिशत र बजार इकाईको ४० प्रतिशत लगानीमा क्यामरा जडान गरिएको तनहुँ उद्योग वाणिज्य सङ्घका डुम्रे बजार इकाईका सभापति नेकमहम्मद मियाले जानकारी दिए । उनका अनुसार क्यामेराको लागि ६ लाख रुपैयाँ खर्च लागेको छ । उक्त कार्यका लागि इलाका प्रहरी कार्यालय भानुले डुम्रेमा कन्ट्रोल रुम बनाईएको छ । क्यामेरा जडान गरिए पछि सिसी टिभीबाट निगरानीले चोरी नियन्त्रण तथा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्न सहज भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक निरज डाँगीले विश्वास व्यक्त गरे ।

डुम्रे तनहुँको अतिरिक्त मनाङ, लमजुङ र गोरखाको समेत व्यापारीक केन्द्र भएकाले अत्याधिक भिडभाड हुन्छ । े क्यामेरा क्यामेरा जडान भएपछि व्यापारीहरु खुसी भएका छन् । यसबाट भीडभाडको समयमा चोरीका घटनाबाट हैरान भएका व्यापारीहरु अब चोरीका घटनामा न्युनिकरण आउनेमा आशावादी छन् ।
डुम्रे बजार थप ४ वटा सिसि टिभी जडान गर्ने तयारी भईरहेको इकाईले जनाएको छ ।

You might also like

Comments are closed.