डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालमा ढकाल

काठमाडौं, २८ बैशाख

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल चयन भएका छन् । शुक्रबार काठमाण्डौमा सम्पन्न तेह्रौं वार्षिक साधारणसभाले ढकालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिती चयन गरेको हो ।

एशोसिएसनको प्रथम उपाध्यक्ष मुक्तिनाथ विकास बैंकका प्रद्युमन पोखरेल, द्धितिय उपाध्यक्ष गण्डकी विकास बैंकका रेशम बहादुर थापा, महासचिव ज्योति विकास बैंककम मनोज कुमार ज्ञवाली, सचिव तिनाउँ विकास बैंकका प्रदिप कुमार श्रेष्ठ, कोषाध्यक्ष सांग्रिला डेभलपमेण्ट बैंकका सुयोग श्रेष्ठ चयन भएका छन् । सदस्यमा सिन्धु विकास बैंकका रमेश प्रसाद जोसी, , लुम्विनी विकास बैंकका नरेश सिंह बोहरा, कञ्चन डेभलपमेण्ट बैंकका विरुराम जैसी, कामना सेवा विकास बैंकका प्रविन वस्नेत, र सप्तकोशी डेभलपमेण्ट बैंकका नविन सुवेदी, निर्वाचित भएका छन् ।

नवनियुक्त कार्य समितिका पदाधिकारीहरुले सोही साधारण सभामा सपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् ।
एशोसियसनको तेह्रौं वार्षिक साधारण सभाले आ।व। २०७४÷०७५ को लेखापरीक्षण प्रतिवेदन, अक्ष्यक्षको प्रतिवेदन, आ।व। २०७५÷०७६ को अनुमानिस आय ब्याय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

२९ सदस्य विकास बैँकहरु मध्ये २५ जना सदस्य विकास बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको कार्यक्रममा सक्रिय सहभागिता थियो ।

You might also like

Comments are closed.