ड्याटसन रेडी गो बीएस ६ को बुकिङ खुला यस्ता छन् मूल्य र बिशेषता

काठमाडौं – नेपाली बजारमा छिट्टै नै बीएस ६ इन्जिनयुक्त ड्याटसन रेडी गो बिक्री हुने भएको छ । नेपालका लागि ड्याटसन गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले यसको बुकिङ खुलाएको छ ।

हाल नेपाली बजारमा उपलब्ध ड्याटसन रेडी गो सबैभन्दा सस्तो ह्याचब्याक कार मध्ये एक हो । यसको मूल्य १९ लाख ९९ हजार रुपैयाँ देखि २१ लाख ९९ हजार रुपैयाँ सम्म छ । अब नयाँ इन्जिनयुक्त कार फुल अप्सनमा उपलब्ध हुनेछ र यसको मूल्य २३ लाख ९९ हजार रुपैयाँ हुने बताइएको छ ।

पायोनियर मोटोकर्पले नयाँ रेडी गो बुकिङ गर्ने पहिलो ५० ग्राहकलाई १ लाख रुपैयाँ छुट दिने बताएको छ । यस अनुसार पहिलो ५० ग्राहकले हाल उपलब्ध नियमित ५० हजार छुटको अतिरिक्त सो छुट प्राप्त गर्दा १ लाख ५० हजार रुपैयाँ छुट पाउने छन् । त्यसैगरी ग्राहकले एसेसरिज, इन्स्योरेन्स र सडक कर छुट समेत प्राप्त गर्ने छन् ।

नयाँ ड्याटसन रेडी गो बोल्ड र नयाँ इनोभेटिभ फिचरका साथ उपलब्ध छ । यसमा सेगमेन्टमै सबैभन्दा बढी मानिने १८७ एमएमको ग्राउन्ड क्लियरेन्स छ । त्यसैगरी यसको पछिल्लो सिटमा पनि घुडा मिलाएर सहज तरिकाले बस्न मिल्ने गरी सिट उपलब्ध छ ।

यसको बडीलाई अझै सुरक्षित बनाइएको छ भने इन्टेरियर र एक्सटेरियर पनि थप आकर्षक छ । यसमा नयाँ डिजाइन र आकारको अलोय ह्विल छ भने डाइमेन्सन पनि केही बढी छ ।

नयाँ रेडी गो मा एयरब्याग, एबीएस, ८ इन्चको इन्फोटेनमेन्ट सिष्टम तथा पावर विन्डो र पावर स्टेयरिङ लगायतका विभिन्न सुविधा उपलब्ध छन् ।

lcci
You might also like

Comments are closed.