ड्याट्सनका कारमा छुटै छुट

आर्थिक आवाज
पोखरा, २३ असोज । ड्याट्सनका कारको बिक्रीमा दशैं तिहारको अवसरमा विशेष छुट प्रदान गरिएको छ । ड्याट्सनको यस क्षेत्रको आधिकारिक बिक्रेता थ्रिएस ट्रेड हाउस नयाँबजार पोखराका अनुसार ड्याट्सनका कार खरिदमा २ लाख रुपैयाँसम्म नगद छुटको व्यवस्था गरिएको छ ।

ट्याट्सन गोका ब्राण्डहरु रेडि गो खरिदमा २ लाख रुपैयाँ नगद छुटको व्यवस्था गरिएको सञ्चालक गोपाल बरालले जानकारी दिए । गो प्लसको खरिदमा एउटा डियो स्कुटर उपहार प्राप्त गर्न सकिनेछ । साथमा अन्य आकर्षक पुरस्कारको व्यवस्था रहेको बरालले जानकारी दिए ।

‘बिमा, ट्याक्स, डेकोरेसनको सुविधा सोरुमले नै उपलब्ध गराउँछ,’ बरालले भने । सस्तो रेञ्जको कार चढ्न चाहनेहरुका लागि ड्याट्सन ब्राण्ड आकर्षक बनेको बराल बताउँछन् । ‘यो कार नेपालको हावापानी तथा बाटो सुहाउँदो छ,’ उनले भने । १ दशमलव ८५ एमएम ग्राउण्ड किलियरेन्स रहेको यो सानो क्षेत्रमा पार्किङ गर्न सकिने फेमिली कार हो ।

बिगत ४ वर्षदेखि पोखरामा ड्याट्सनका कारको बिक्री भइरहेको छ । यस अवधिमा उत्साहजनक रुपमा कार बिक्री भइरहेको बरालले बताए ।

You might also like

Comments are closed.