आर्थिक आवाज
पोखरा । नेपालीहरुका महान पर्व दशैं, तिहार, छठलाई लक्षित गरी ड्याट्सन गाडीको बिक्रीमा विशेष छुट लागु भएको छ । ड्याट्सन गाडीका जुनसुकै मोडलको गाडीको खरिदमा ग्राहकले आकर्षक छुटका साथमा विभिन्न उपहार प्राप्त गर्न सक्ने ड्याट्सन ब्राण्ड गाडीका लागि गण्डकी धौलागिरी क्षेत्रको बिक्रेताका एस.एस.एल. मोटर्सका प्रवन्ध निर्देशक गोपाल बरालले जानकारी दिए ।
लक्की ड्रमार्फत १० जोडीलाई थाइलेन्ड घुम्ने अवसर पाउनेछन् । ‘लक्की ड्र मार्फत ५ जना ग्राहकले सुनको सिक्का प्राप्त गर्नेछन्,’ बरालले भने । प्रत्येक ड्याट्सन गो गाडी खरिद गर्दा १ लाख २५ हजार रुपैयाँ नगद छुट प्रदान गरिने बरालले बताए । फेस्टिव छुट अन्तर्गत थप ५० हजार रुपैयाँसमेत छुट पाउनेछन् । गाडीमा लाग्ने ९९ हजार रुपैयाँ मूल्य बराबरको एसोसेरिज पनि कम्पनीले दिने बताइएको छ । १ वर्ष अवधीको बिमा, १ आर्थिक वर्षको कर, फाइनान्स सुबिधा, ३ वर्षको सर्भिस तथा वारेन्टी, पुरानो गाडीसँग साटफेर गर्ने सुविधाको पनि प्रालिले उपलब्ध गराएको छ । एक्स्चेन्ज बोनको व्यवस्था समेत रहेको बरालले जानकारी दिए ।
बजारमा ड्याट्सन गो गाडीको नयाँ खरिद मूल्य २५ लाख ९९ हजार रुपैयाँबाट २७ लाख ९९ हजार रुपैयाँसम्ममा विभिन्न ३ मोडलमा गाडीहरु बिक्री भइरहेका छन् । ‘यी गाडीमा अभूतपूर्व विशेषताहरु छन्,’ बरालले भने, ‘यसमा विद्यमान रहेका विशेषता र आरामदायी सुरक्षा तथा स्टाइलिस सवार ड्राइभिङ अनुभवको जिवन्तता प्राप्त गर्न सकिन्छ ।’
मध्यम वर्गलाई लक्षित गरी तयार पारिएका यी गाडीहरु नेपालको भौगोलिक वनावटमा सुहाउने खालका रहेको प्रालिका प्रवन्धक कृष्ण तिमिल्सिनाले जानकारी दिए । कारले नयाँ युगको लागि जापानीज प्रविधियुक्त इन्जिन, इन्जिन किफायती, बस्नको लागि धेरै स्पेस तथा सुरक्षा जस्ता पक्षहरुको सर्वोत्तम प्याकेज प्रदान गरेको उनले बताए । गाडीमा राइड कन्ट्रोल एडभान्स सस्पेन्सन सिस्टम तथा १.२ सि एचआर पेट्रोल इन्जिन छ । जसले प्रतिलिटर १९.८६ किलोमिटर माइलेज प्रदान गर्ने तिमिल्सनाले बताए । ‘बाहिर हेर्दा स्पोर्टी तथा भित्र बस्नका लागि धेरै स्पेस भएको ड्याट्सन कारले कारधनीलाई अतिरिक्त सुरक्षा, बेस्टइन क्लास स्पेस तथा गतिशीलता प्रदान गर्छ,’ उनले भने ।
नयाँ ड्याट्सन गोमा २८ विभिन्न विशेषता तथा १०० प्लस अपडेट रहेको कम्पनीको दावी छ । फस्टइन सेगमेन्टमा एन्ड्रोइड अटोप्ले र एप्पलकार प्लेको साथ ७ इन्चको टच अडियो, १४ इन्चको डाइमन्ड कट अल्लोइ ह्विल, डुअल एयरब्याग, एबिएस तथा इबिडी पार्किङ सेन्सर, १८० एमएमको ग्राउण्ड क्लियरेन्स, २४५० एमएमको ह्विलबेस, २६५ लिटरको बुथस्पेस, ४.६ एमएमको टर्निङ रेडियस, १.२ लिटरको ३ सिलिण्डर पेट्रोल इन्जिन छ । जसको ६८ एचपी पावर र १०४ एनएम टर्क जेनेट गर्छ ।
Comments are closed.