काठमाडौं । लामो दुरीका सवारीसाधन एउटै चालकले मात्रै लगातार चलाउँदा दुर्घटना हुन सक्छ । त्यसैले त्यस्ता सवारीमा चालक परिवर्तन हुनुपर्ने मान्यता छ ।
यसका लागि भिजुअल प्रविधि अन्तर्गत ‘ड्राइभिङ चेक मोबाइल एप’ प्रणाली नेपाल प्रहरीले सुरू गर्दैछ । यस एपले लामो दुरीका सवारी साधनमा चालक परिवर्तन भयो कि भएन भन्ने पत्ता लगाउन मद्दत गर्छ । प्रहरी नायब महानिरीक्षक डा.राजीव सुब्वा भन्छन्, ‘कुनै एक निश्चित विन्दुमा चालकको फोटो खिचिन्छ । चालक परिवर्तन गर्नुपर्ने स्थानमा पुग्दा पहिलेकै चालक हो कि परिवर्तन भयो भन्ने थाहा पाउन फोटो र चालकको अनुहार जाँच गरिन्छ ।’
भिजुअल प्रविधिकै आधारमा कर्तव्यज्यान, चोरी, डकैती लगायतका घटनामा सफल अनुसन्धान भएका घटना प्रशस्त छन् । मानिसले देख्न नसक्ने घटना भिजुअल प्रविधिले जानकारी दिन सक्छ । प्रभावकारी शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि यो प्रविधिको प्रयोग महत्वपूर्ण छ ।

नियमानुसार लामो दूरीको यात्रामा एउटा सवारी साधनमा दुई जना चालक राख्नु पर्छ । तर धेरै सवारी साधनले यो नियमको पालना गरेको पाइदैन । यो नियम पालना भयो भने सवारी दुर्घटनामा कमी आउने मान्यताका साथ यस प्रकारको एपको विकास गरिएको हो ।
Comments are closed.