ढुंगानाको नेतृत्वमा लेखनाथमा नयाँ लायन्स क्लब

आर्थिक आवाज
पोखरा, २६ चैत । लेखनाथमा लायन्स क्लब अफ लेखनाथ सिटीको गठन गरिएको छ । उदिपराज ढुंगानाको अध्यक्षतामा क्लब गठन गरिएको हो । क्लबको प्रथम उपाध्यक्षमा सुजन रानाभाट, द्वितीय उपाध्यक्षमा शिवजी ढुंगाना, तृतीय उपाध्यक्षमा सुवास तिवारी, सचिवमा कृष्ण प्रसाद तिमिल्सिना, कोषाध्यक्षमा शरिशरण ढुंगाना (विनायक), सहसचिवमा अर्जुन धिताल र सहकोषाध्यक्षमा कैलाश पौडेल छन् ।

टेमरमा नवीन सापकोटा, टेल टुइस्टरमा आकाश बस्नेत, एलसिआइएफ कोर्डिनेटरमा दीपेश बराल, स्वास्थ्य निर्देशकमा रोस्वीन थापा र मेम्बरसिप चियरपर्सनमा प्रविन रानाभाट छन् । सदस्यमा शिशिर रानाभाट, सागर धमला, महेश्वर बस्ताकोटी, राजकुमार ढकाल, बदन बराल र सञ्जय शाहलाई चयन गरिएको छ । अर्थ निर्देशकमा दामु देवकोटा र सदस्यहरुमा सुदिप लामीछाने, सुजन बराल र फणिन्द्र पौडेल छन् ।

मदर क्लब लायन्स क्लव आफ लेखनाथद्वारा आयोजित कार्यक्रममा बोल्दै लायन्स ३२५ बि वान नेपालका डिष्ट्रिक्ट गर्भनर अशोक कुमार श्रेष्ठले युवा व्यवसायीहरुको लायन यात्रा सेवासंगै अगाडि बढ्ने विश्वास व्यक्त गरे । लायन्स क्लब अफ लेखनाथ सिटीका संस्थापक अध्यक्ष उदिपराज ढुगांनाले लायन्स क्लबको भावना अनुरुप सेवामा संगठित रुपले समर्पित हुने प्रतिवद्धता व्यक्त गरे ।

You might also like

Comments are closed.