ढुक्क भएर मेलामा सहभागी हुने वातावरण मिलाएका छौं

विन्दु कोइराला सुबेदी
उपाध्यक्ष (उद्योग)
पोखरा उद्योग वाणिज्य संघ

पुस १८ देखि २८ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलाको पूर्व सन्ध्यामा संघका उद्योग उपाध्यक्ष एवं सुरक्षा व्यवस्थापन उपसमिति संयोजक विन्दु कोइराला सुबेदीसँग गरिएको कुराकानीको संपादित अंश

राष्ट्रिय औद्योगिक व्यापार मेलामा सुरक्षा व्यवस्था चुस्त बनाएका छौं । महोत्सवमा ढुक्क भएर किनमेल गर्ने, रमाइलो गर्नसक्ने गरी सुरक्षा व्यवस्था मिलाएका छौं । कसैले पनि महोत्सवमा डर, भय र त्रास मान्नु पर्दैन ।

महोत्स स्थल सुरक्षित बनाउन प्रहरीलाई बर्दी र सादा पोषाकमा खटाउने छौं । उनीहरुले २ वटा घेरा बनाएर सुरक्षा दिन्छन् । सिसी क्यामरा पनि जडान गरेका छौं । गेटदेखि स्टल र स्टेजसम्मै गरी झण्डै ४० वटा सिसी क्यामरा प्रयोगमा ल्याएका छौं । यसको निगरानी आयोजक र प्रहरी दुबैले संयुक्त निगरानी गर्ने व्यवस्था मिलाएका छौं । केही भइहालेमा ३ मिनेट भित्रै स्थिति नियन्त्रणमा लिनसक्ने गरी सुरक्षा ब्यबस्था चुस्त बनाएका छौं ।

हामीले स्वयम्सेवक पनि खटाएका छौं । स्काउटका २५ जना खटाएर मेलालाई व्यवस्थित गर्ने प्रयास गरेका छौं । हामीले कलाकारको सुरक्षा र दर्शकको सुरक्षालाई पनि ध्यान दिएर सुरक्षा व्यवस्था मिलाएका छौं ।

You might also like

Comments are closed.