ढुवानीकर्ताहरुलाई भ्याट अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो सरकार, प्यानमा दर्ता हुने

काठमाडौं । ढुवानीकर्ताहरुलाई भ्याटमा जान अनिवार्य गर्ने निर्णयबाट सरकार पछि हटेको छ । सरकारले एक वर्ष अगाडिदेखि ट्रक व्यवसायीहरुसहित ढुवानीकर्ताहरुलाई भ्याटमा जानुपर्ने बताउँदै आइरहेको थियो । साउन १ गतेबाट भ्याट अनिवार्य गर्ने सरकारको निर्णयपछि व्यवसायीहरु सेवा ठप्प गरी आन्दोलन गर्ने तयारीमा लागेपछि सरकार निर्णयबाट पछि हटेको हो ।

सरकार र व्यवसायीहरुबीच बुधबार भएको सहमति अनुसार ट्रक व्यवसाय अब ब्लुबुकको आधारमा प्यानमा दर्ता भएर सञ्चालन हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका मालबहाक क्षेत्रको उपाध्यक्ष यादबलाल श्रेष्ठले आर्थिक आवाजलाई जानकारी दिए । ‘ढुवानीकर्ताहरुलाई भ्याट अनिवार्य गराइएको थियो,’ उनले भने, ‘व्यवसायीहरु भ्याटमा जान नसक्ने अवस्था थियो । अब प्यानमा दर्ता भएर सञ्चालन गर्ने सहमति भएको छ ।’

बैठकमा राजस्व महाशाखाका प्रमुख उत्तरकुमार खत्री, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक थानेश्वर गौतम, विभागका निर्देशक पदमकुमार श्रेष्ठ र मन्त्रालयका उपसचिव एवं राजस्व महाशाखाका उपप्रमुख चण्डीप्रसाद घिमिरेको सहभागी थिए । व्यवसायीका तर्फबाट नेपाल यातायात व्यवसायी रास्ट्रिय महासंघका उपाध्यक्ष यादव लाल श्रेष्ठ, ट्रक महासंघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ लगायत सहभागी थिए ।

बैठकमा भएको सहमति

You might also like

Comments are closed.