तउवा संघ दमौली बजार एकाइको २३औँ साधारण सभा सम्पन्न

मंसिर १५,तनहुँ

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइको २३औं साधारण सभा शनिवार दमौलीमा सम्पन्न भएको छ । संघको वार्षिक साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थले तनहुँ जिल्लामा पर्यटन, कृषि, वन तथा जलस्रोतको प्रचुर सम्भावना रहेको बताएका छन् । स्थानीय स्रोत साधनको अधिकतम उपयोग गरी उत्पादनमुखी क्षेत्रमा लगानी गनुपर्नेमा उनले जोड दिए । कर तिर्नु विकासको सकारात्मक पक्ष भएको चर्चा गर्दै पन्थले जनताले तिरेको कर सदुपयोग हुने गरी विकास हुनुपर्ने बताए । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले निजी क्षेत्रसंगको सहकार्यबाट मात्र जिल्लाको विकास र समृद्धि सम्भव भएको बताए । पर्यटन व्यवसायको लागी आवश्यक पूर्वाधार जिल्लामा नहुदाँ पर्यटकलाई यहीँ राख्ने वातावरण बनाउन नसकेको चर्चा गर्दै न्यौपानेले निजि लगानीकर्तालाई पर्यटन व्यवसायमा लगानी गर्न आग्रह गरे । सधै अरुको सामग्री बेचेर बस्ने कि उद्योगी बन्ने ? उनले प्रश्न गरे । “शहर व्यापारले मात्र चल्दैन यहाँको उत्पादन अनुसार उद्योगमा लगानी गर्नुपर्छ उनले भने” । आर्थिक समृद्धिको सम्वाहक निजी क्षेत्र हुन भन्दै नगरपालिका निजी क्षेत्रलाई साझेदारीका रूपमा लिएर अघि बढ्न चाहेको उनले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख पवित्रा पौडेल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समुन्द्र गोदार, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य देवकुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रथम मेयर तारा प्रसाद श्रेष्ठ, व्यास २का वडा अध्यक्ष काशीराम श्रेष्ठ, समाजसेवि मोतिकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मंगलप्रसाद श्रेष्ठ, संघका द्धितिय उपाध्यक्ष हरिवहादुर थापा, इकाईका निवर्तमान अध्यक्ष कृष्ण आचार्य, लगायतले व्यवसायिक हक हित तथा एकतामा जोड दिएका थिए । कार्यक्रम एकाइका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ को सभापतित्वमा सम्पन्न भएको थियो भने धन्यवाद ज्ञापन उपाध्यक्ष सुकनारायण मल्ल र कार्यक्रम सञ्चालन सचिव दधिराज घिमिरेले गरेका थिए ।
यसै बिच एकाइले आर्थिक वर्ष २०७५÷०७६मा सञ्चालन गर्ने भावि योजना सार्वजानिक गरेको छ । जसमा सिसि.टिभि.क्यामेरा कार्यन्वयनलाई अझ व्यवस्थित गर्ने, घरधनि र भाडामा व्यवसाय सञ्चालन गर्ने व्यवसायी बिचको सम्बन्ध राम्रो बनाउने खालको कार्यक्रम ल्याउने, व्यास नगरपालिका र आसपासका धार्मिक तथा पर्यटकीय स्थलमा आन्तरीक तथा बाह्य पर्यटकको आवागमन वृद्धि गरी व्यवसाय प्रवद्र्धन गर्ने सार्वजनिक गरिएको छ ।
त्यस्तै गरी जिल्ला ट्राफिक कार्यालयसँग समन्वय गरी ट्राफिक जाम न्युनिकरण गर्ने, स्थानीय व्यापार व्यवसाय प्रवद्र्धन गर्न मेला महोत्सव गर्ने, फुटपाथ व्यवस्थापन गरी व्यापार बढाउने, व्यवसायीहरुको आवश्यकता अनुसार व्यवसायीक सुचना र परामर्श दिने, टोल विकास संस्थाहरुसँग समन्वय गरी आवश्यक स्थानमा सिसि.टिभि.क्यामेरा जडान र विस्तार गर्ने, करदाता शिक्षालाई जोड दिने, नापतौल सामग्री निरिक्षण गरी नापतौलमा एकरुपता कायम गर्ने, न्युन बिजकीकरण मिसम्याच र न्युन थे्रस होल्डका समस्याहरुलाई व्यवसायीको हितमा व्यवस्थापनको पहल गर्ने लगायतका भावि योजनाहरु तय गरिएको संघका सचिव दधिराज घिमिरेले जानकारी दिए ।

 

You might also like

Comments are closed.