तनहुँका पत्रकार महिलालाई खोज पत्रकारिता तालिम

आर्थिक आवाज
पोखरा, ११ माघ । सञ्चारिका समूह नेपाल तनहुँले भानु १३ टुटेपानीमा पत्रकार महिलाहरुका लागि खोज पत्रकारिता सम्बन्धि फिचर लेखन तीन दिने तालिम शुक्रबार सुरु गरेको छ । तालिममा जिल्लाका विभिन्न सञ्चार माध्यममा आवद्ध २० जना पत्रकार महिलाहरु सहभागी छन् ।

महिला पत्रकारहरुको संख्यात्मक मात्र नभई गुणात्मक वृद्धिका लागि सञ्चारिका समूहले तालिम आयोजना गरेको सञ्चारिका समूहकी अध्यक्ष सन्तोषी श्रेष्ठले जानकारी दिइन् । स्थलगत रिपोर्टिङ गर्दै सिक्ने वातावरण सिर्जना गर्न तथा ग्रामीण पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने उद्देश्यले फरक परिवेशमा तालिम आयोजना गरेको श्रेष्ठले बताइन् ।

 

तालिम सुरु गर्दै भानु नगरपालिका उपप्रमुख आशा थापाले स्रोत अभावको कारण महिला पत्रकारहरु क्षमता तथा दक्षता अभिवृद्धिका लागि अपेक्षित सहयोग गर्न नसकेको बताइन् । साथै नगरपालिकाले पर्यटन प्रवर्द्धनको समग्र गुरुयोजना बनाएर अघि बढेको उनको भनाइ थियोे ।  प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले समाजका लुकेका कुरा बाहिर ल्याउनु पत्रकारहरुको प्रमुख दायित्व भएको बताए । समाचारले समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने हुँदा सत्य, तथ्य समाचार मात्र सम्प्रेषण गर्न उनले आग्रह गरे । भानु नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले सञ्चारिकाको तालिमले भानु क्षेत्रको पर्यटकीय सम्भावनाको उजागरमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य, सञ्चारिका समूह गण्डकी प्रदेश निवर्तमान अध्यक्ष जमुना शर्मा, महासंघका निवर्तमान अध्यक्ष डम्बर अधिकारी, पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई, महासङका उपाध्यक्ष नारायण खड्का , क्रियाशील पत्रकार महिला तनहुँ अध्यक्ष अञ्जान तिमल्सिना, सञ्चारिका समूह नेपाल लमजुङ अध्यक्ष शान्ता कमली , भानुका वडा अध्यक्ष रामबहादुर बानिया, जिल्ला समन्वय समितिका सदस्य गल गुरुङ लगायतले बोलेका थिए । सहभागीहरुलाई पहिलो दिनमा द हिमालन टाइमसका पोखरा ब्युरो प्रमुख भरत कोइरालाले समाचार, सम्पादन र भाषाका विषयमा र सञ्चारिका समूह गण्डकी प्रदेश निवर्तमान अध्यक्ष जमुना शर्माले खोज पत्रकारिता के ? किन ? र कसरी भन्ने सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

You might also like

Comments are closed.