तनहुँको डुम्रेमा एनआइसी एसियाको शाखा

आर्थिक आवाज
पोखरा, १४ भदौ । एनआएसी एसिया बैंकले तनहुँको व्यापारिक क्षेत्र डुम्रेमा शाखा विस्तार गरेको छ । शाखाको बिहीबार बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्यालले एक कार्यक्रमका बीच शाखाको उद्घाटन गरेका हुन् । देशभर शाखा विस्तार अभियानलाई तिब्रता दिएको बैंकले बुधबार मात्र कास्कीको पोखरा र नौडाँडाको शुभारम्भ गरेको थियो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले मुलुकभर २ सय ४१ शाखाहरु सञ्चालनमा ल्याउन सफल भएको अर्यालले बताए । उनले भने, ‘सबै भन्दा धेरै शाखा सञ्जाल भएको यस बैंकले आम नेपाली जनताबीच बैंकिङ पहुँच पु¥याउन चाहन्छ ।’

२ सय ४१ वटा शाखासहित २ सय ३८ वटा एटिएम, १४ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखारहित बैंकिङ इकाई मार्फत बैंकिङ सेवा प्रदान गर्न बैंक सफल रहेको सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए । ‘बैंकको वासलातको आधार १ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ,’ उनले भने, ‘निक्षेप १ खर्ब ५५ अर्ब रुपैयाँ र कर्जा लगानी १ खर्ब २७ अर्ब रुपैयाँ छ ।’ १२ लाख १९ हजार ग्राहकले बैंकबाट वित्तीय सेवा लिइरहेको पाण्डेले जानकारी दिए ।

jutta mela

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आइरहेको क्षेत्रीय प्रवन्धक दीपेन्द्र शर्माले बताए ।

You might also like

Comments are closed.