आर्थिक आवाज
पोखरा, १८ फागुन । पोखराको न्युरोडस्थित गिरी कम्प्लेक्समा प्रधान कार्यालय रहेको युनाइटेड रेफरेन्स ल्याब्रोरेटोरी प्रालि (युआरएल)ले तनहुँको दुलेगौंडामा शाखा स्थापना गरेको छ । शाखाको शनिबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका आर्थिक मामला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गरे ।
दुलेगौंडा, गाछेपानी, कोत्रे, बेलचौतारा, खैरेनीटार, ढोरफिर्दी, भिमाद, थर्पु तथा दुलगौंडा र खैरेनीटार वरपरका गाउँलाई लक्षित गरी शाखा स्थापना गरिएको युआरएलका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए । ‘स्वास्थ्य शिविरसहित दुलेगौंडा शाखाको औपचारिक उद्घाटन गरेका छौं, उनले भने ।
दुलेगौंडा क्षेत्रमा रहेका हस्पिटल, पोलिक्लिनिक र क्लिनिकमा सेवारत चिकित्सक, स्वास्थ्यकर्मी लगायत समग्र सेवाग्राही तथा शुभेच्छुकहरुको सल्लााह र सुझाबलाई मध्यनजर गर्दै युआरएलको शाखा शुक्लागण्डकी नगरपालिका ४ स्थित दुलेगौंडा बजारको सेवा सपिङ कम्प्लेक्समा स्थापना गरिएको पन्तले जानकारी दिए । यस अगाडि युआरएलले तनहुँको दमौलीमा शाखा विस्तार गरी सेवा प्रदान गर्दै आइरहेको छ ।
युआरएलका अध्यक्ष सुशील थापाको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि किरण गुरुङ, प्रदेश सांसद आशा खनाल, युआरएलका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्त, सञ्चालक दीनेशबाबु खड्का, सञ्चारकर्मी ऋषि खतिवडा लगायतले बोलेका थिए ।
Comments are closed.