तनहुँको याम्पाफाँटमा तातोपानी कुण्ड निर्माण हुने

तनहुँ, १९ बैशाख
तनहुँको बन्दिपुर–५ को याम्पाफाँटमा तातोपानी कुण्ड निर्माण हुने भएको छ । मस्र्याङ्दी किनार नजिकै नुहाउने भन्ने स्थानमा रहेको तातोपानीको मूललाई संरक्षण गरी सो कुण्ड निर्माण गर्न लागिएको वडा अध्यक्ष धु्रब प्रसाद लामिछानेले जानकारी दिए ।

पर्यावरण संरक्षण गर्ने समेतको उद्देश्य राखी सो स्थानलाई पर्यटकीय, धार्मिक र पिकनिक स्पोटको रुपमा बिकास गर्न गाउँपालिकाले २ लाख रुपैयाँ विनियोजन गरिसकेको गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् । उनका अनुसार गाउँपालिका भित्रका प्रत्येक वडामा कम्तिमा पनि एउटा पार्क निर्माण गर्ने योजना अनुसार सो निर्माण गर्न लागिएको हो ।

कुण्ड, पार्क र मन्दिर निर्माण गर्ने र निर्माण भएपछि सो क्षेत्रमा पर्यटकको आगमन बढ्ने विश्वास लिइएको छ ।  साथै सो क्षेत्र बिबाह ब्रतबन्ध र अन्य शुभकार्यमा पनि उपयुक्त हुने बताइएको छ । सो क्षेत्रमा पार्क निर्माण गरी पिकनिक स्पोटको प्रमुख गन्तब्यको रुपमा विकास गर्ने लक्ष्य लिएको निर्माण समितिकी अध्यक्ष रीता तिवारीले जानकारी दिइन् ।

कुण्ड र पार्क निर्माणका लागि सो क्षेत्रमा रहेको करिब १० रोपनी भन्दा बढी सार्वजानिक जग्गा छुट्ट्याई सकिएको समितिले जनाएको छ ।

You might also like

Comments are closed.