तनहुँमा शव वाहन सञ्चालन

मंसिर १५,तनहुँ ।
तनहुँमा पहिलो पटक शव वाहन सञ्चालनमा ल्याइएको छ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइको सक्रियतामा शव वाहन सेवा शुभारम्भ गरिएको हो । जिल्लामा शव वाहनको आवश्यकता महसुस गरी इकाईको स्वामित्वमा रहेको एम्बुलेन्सलाई शव वहानमा परिवर्तन गरी सञ्चालनमा ल्याइएको तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले जानकारी दिए ।
शव वाहन नहुदाँको कठिनाइलाई मध्ये नजर गर्दै शव वहान सञ्चालनमा ल्याइएको श्रेष्ठले बताए । “गाँउगाँउका अधिकांश युवाहरु विदेशीएकाले शवलाई ट्याक्टरमा हालेर दाहसंस्कारको लागी ल्याउनुपरेको चौतर्फी गुनासो सुनेपछि हामीले उक्त एम्बुलेन्सलाई शव वहानको रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेका हौँ श्रेष्ठले भने” ।
विगत केही वर्ष संघको कार्यालय परिसरमा थन्किएर बसेको एम्बुलेन्सलाई मर्मत गरी शव वहानको रुपमा सञ्चालनमा ल्याइएको हो । शव वहानको शनिवार एक कार्यक्रमका बिच राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थले शुभारम्भ गरेका हुन् ।

 

You might also like

Comments are closed.