तनहुँ कालिका बचत तथा ऋण सहकारी शुभारम्भ

तनहुँ,२४ फागुन
तनहुँ कालिका बचत तथा ऋण सहकारी संस्था लिको दमौलीमा शुक्रवार शुभारम्भ गरिएको छ । नेपाल सरकार सहकारी ऐन २०७४ अनुसार स्थानीय निकाय व्यास नगरपालिकामा दर्ता भएको उक्त सहकारी पहिलो वित्तीय संस्था हो । समाजमा छरिएर रहेको पुँजीलाई संकलन गरी उत्पादनशील क्षेत्रमा लगानी गर्न दमौलीका युवा व्यवसायीहरु तथा बुद्धिजीवीहरुको अगुवाईमा सहकारी स्थापना गरिएको सहकारीका अध्यक्ष माधव न्यौपानेलले जानकारी दिए ।

एक महिना अघि देखी नै आर्थिक कारोबार सुरु गरेको सहकारीमा ५ सय भन्दा बढी शेयर सदस्य छन् भने ५२ लाखको शेयर पुँजी रहेको अध्यक्ष न्यौपानेले बताए । एक महिनाकै अवधिमा १ करोड बढीको आर्थिक करोवार भइसकेको छ , यस आर्थिक वर्षको अन्त्यसम्म ५ करोड कारोबार गर्ने लक्ष्य लिएका छौँ उनले भने । सहकारीबाट हाल दैनिक बचत, ऐच्छिक बचत, बाल बचत, शेयर बचत, विशेष बचत, आवाधिक बचत, नियमित बचत लगायतका सेवा प्रवाह हुदै आएको छ । सहकारीबाट निकट भविष्यमा मनि ट्रान्सफर, एसएमएस बैकिङ, एटिएम लगायतका सुविधा थप्ने योजना रहेको न्यौपाने बताए ।

नव स्थापित सहकारीको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्दै सहकारी आर्थिक जीवनको अभिन्न अंग भएकाले आर्थिक समृद्धिमा महत्वपुर्ण भूमिका निवार्ह गर्ने बताए । सहकारीले पारदर्शि हिसाबले कार्य सम्पादन गर्न सके मात्र जनस्तरमा विश्वास कायम गर्न सक्ने न्यौपानेको धारणा थियो । संस्थालाई सफल बनाउन आन्तरिक व्यवस्थापकीय पक्ष बलियो हुनुपर्नेमा न्यौपानेले जोड दिए ।

कार्यक्रममा व्यास २का वडा अध्यक्ष काशीराम श्रेष्ठले जनतालाई सरल र सुलभ सेवा प्रवाह गर्न आग्रह गरे । सामाजिक रुपमा प्रतिष्ठित युवाहरुको सक्रियतामा स्थापना भएको भन्दै संस्था पक्कै नमुना बन्ने छ उनले भने । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य देवकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र, नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्य, व्यास नगरपालिकाका शाखा अधिकृत मोहन सिंह खड्का, जिल्ला सहकारी संघका अध्यक्ष श्रीप्रसाद भट्टराई, तनहुँ जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवि बहादुर बस्नेत लगायतले ऐन, नियमको परिधिमा रहेर कार्य सम्पादन गर्न सुझाव दिएका थिए ।सहकारीबाट बचत र ऋणको मात्रै कारोवार नगरेर उत्पादनमुलक क्षेत्रमा लगानी गर्न समेत उनीहरुले आग्रह गरे ।  कार्यक्रममा सल्लाहकार कविराज श्रेष्ठले स्वागत गरेका थिए भने सचिव सुरेश पुरीले कार्यक्रम सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.