चितुवाको आक्रमण बढेपछि प्रशासनद्वारा सावधानी अपनाउन अपिल

आर्थिक आवाज

मंसिर १८,तनहुँ । भानु नगरपालिकामा चितुवाले आक्रमण गरी मानवीय क्षति पु¥याउने क्रम बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले सावधानी अपनाउन अपिल गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले एक अपिल जारी गरी स्थानीयलाई सजग रहन आग्रश गरेका हुन् । विगत दश महिनादेखि चितुवाले मानिसलाई आक्रणमा परी सो क्षेत्रमा तीन जान बालबालिकाले ज्यान गुमाएका छन् भने एक बालिका घाइते भएकी छन् ।

चितुवाको आक्रमणकबाट २०७४ साल फागुन १ गते १ जना, २०७५ साल कात्तिक २९ गते १ जना र मंसिर १५ गते शनिबार साँझ १ जनाले ज्यान गुमाएका छन् भने मंसिर १ गते चितुवाकै आक्रमणबाट १ जना बालिका घाइते भएकी थिइन् ।

त्यस्तै, चितुवा आक्रमणबाट मृत्यु भएका २ जना बालबालिकाको परिवारलाई रु १०÷१० लाख राहत प्रदान गरिसकिएको छ भने शनिबार चितुवा आक्रमणबाट ज्यान गुमाएका भानु २ ढल्केवरका १० बर्षीय अमृत गुरुङको परिवारलाई तत्काल राहत स्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराइएको र बाँकी ९ लाख ५० हजार रुपैयाँ राहतको लागि सिफारिस गरी पठाइएको प्रमुख जिल्ला अधिकारी शर्माले अपिल मार्फत जानकारी गराएका छन् ।

 

नरभक्षी चितुवाको आक्रमणबाट भएको मानवीय क्षतिलाई गम्भिर रुपमा लिई विगित देखिनै नेपाल प्रहरी, सशस्त्र प्रहरी, सशस्त्र वन रक्षक, राष्ट्रिय प्रकृति संरक्षण कोषको डार्टिङ प्रविधि सहितको चितवन राष्ट्रिय निकुञ्जको उद्धार टोली, सदर चिडियाखाना जावलाखेलको उद्धार टोली समेतलाई परिचालन गरी नियन्त्रणको लागि विभिन्न प्रयासहरु भैरहेको भएपनि चितुवा नियन्त्रणमा लिन सकिएको छैन । चितुवाको वास्तविक अवस्था थाहा पाउन चितुवाको रौँ र दिशा समेत परिक्षणको लागी पठाउने व्यवस्था मिलाइएको शर्माले जानकारी दिए ।

साथै चितुवा नियन्त्रणमा सहयोग पु¥याउनेलाई भानु नगरपालिकाले पुरस्कारको व्यवस्था गरेको जनाइएको छ । चितुवा नियन्त्रण नआएसम्म सुरक्षा फौज र स्थानीय समुदायहरुको परिचालन निरन्तर भै रहने छ बताइएको छ । चितुवा नियन्त्रणका लागि सबै संयन्त्रको परिचालन गरिएको हुँदा स्थानीय बासिन्दालाई त्रसित, आतंकित नहुन र समस्य समाधानका लागि आवश्यक सहयोग गर्न जिल्ला प्रशासन कार्यालय तनहुँले अपिल गरेको छ ।

त्यस चितुवाको नियन्त्रणको लागि स्थानीय बासिन्दाहरुको सहयोग र परिचालन समेतबाट खोर बनाई प्रत्येक साँझ बाख्रा सहितको पासो थाप्ने, चितुवाको निगरानीको लागि सिसिटिभि क्यामेरा जडान गर्ने प्रयास भैरहेको तनहुँ प्रशासनले जनाएको छ । सामुदायिक वन उपभोक्ता समुहबाट वनक्षेत्रको झाडी सफा गर्ने, साँझ विहानको समयमा प्रहरी गस्ती परिचालन गर्ने, वन कार्यालय र नगरपालिका मार्फत सचेतना कार्यक्रम गर्ने कार्य भईरहेको बताइएको छ ।

You might also like

Comments are closed.