तनहुँ सम्पर्क समाजको वार्षिकोत्सव

पोखरा, १३ चैत ।
तनहुँ सम्पर्क समाज पोखराले १६औं वार्षिकोत्सव मनाएको छ । बुधबार अन्तरक्रिया कार्यक्रम गरी समाजले वार्षिकोत्सव मनाएको हो । तनहुँबाट कास्की जिल्लामा आएर बसोबास गरेकाहरुलाई समेटेर संस्था स्थापना भएको हो ।

कार्यक्रममा समाजका पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु सहभागी थिए । उक्त अवसरमा बोल्दै समाजका अध्यक्ष शिवराज पौडेलले समाजले सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको बताए । तनहुँबाट कास्कीमा आएर अस्थायी तथा स्थायी रुपमा बसेकाहरुलाई समाजमा आबद्ध भएर आपसमा चिनाउने काम समाजले गर्न सफल भएको पूर्व अध्यक्ष भीम गुरुङले बताए ।

समाजका सल्लाहकार तथा मातृभूमि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीकान्त खतिवडाले समाज अन्तर्गत सञ्चालित मातृभूमि सहकारीले स्थापनाको छोटो समयमा राम्रो प्रगति गर्न सफल भएको भन्दै सबैलाई सहकारीमा आबद्ध हुन आग्रह गरे । कार्यक्रममा समाजका संस्थापक अध्यक्ष चन्द्रबिक्रम अधिकारी, वरिष्ठ उपाध्यक्ष अम्बिका प्रसाद भट्टराई, महासचिव भुवन पराजुली लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.