पोखरा । तनहुँ सम्पर्क समाज पोखराको अध्यक्षमा अम्बिका प्रसाद भट्टराई सर्बसम्मत निर्र्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको छैटौं अधिवेशनबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
समाजको वरिष्ठ उपाध्यक्षमा भरतबहादुर केसी, उपाध्यक्षमा भुवन पराजुली, महासचिवमा यामबहादुर सुर्खाली, सचिवमा जसबहादुर गुरुङ, कोषाध्यक्षमा जगन्नाथ गौतम निर्वाचित भएका छन् ।
सदस्यहरुमा चन्द्रावती वाग्ले, इन्दिरा पराजुली काफ्ले, रमा घिमिरे पौडेल, बासु तिमिल्सिना, चित्रबहादुर अधिकारी, दुर्गाचन्द्र अर्याल, हरिबहादुर थापा, श्रीराम शर्मा सापकोटा र राजु भण्डारी चयन भएको निर्वाचन समितिका संयोजक श्रीकान्त खतिवडाले जानकारी दिए ।
अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले उद्घाटन गरेका थिए । शिवराज पौडेल नेतृत्वको कार्यसमितिले ३ वर्षे कार्यकाल पुरा गरी नेतृत्व हस्तान्तरण गरेको हो ।




Comments are closed.