तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव सुरु, सभामुख महराद्धारा उद्धघाटन

तनहुँ ३०,कात्तिक

तेश्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव शुक्रबार देखि शुरु भएको छ ।  महोत्सव सभामुख कृष्णबहादुर महराले उद्धघाटन गरे । महोत्सव उद्धाटन गर्दै महराले धर्म संस्कृति लोप भए राष्ट्रियता संकटमा पर्ने बताए । “संस्कृति भनेको इतिहास हो, यो लोप भए इतिहास रहदैन र इतिहास विनाको मुलुक हुदैन उनले भने” । संस्कृतिको संरक्षण गर्दै राष्ट्रियता बालियो बनाउने सबैको साझा जिम्मेवारी भएको उनको भनाइ थियो । यो महोत्सवले आफ्नो धर्म संस्कृतिको पहिचान गर्दै राष्ट्रियताको संरक्षण गरेको उनले बताए ।  यसका साथै महोत्सवले सरकारले गर्न नसकेको स्थानीय उत्पादनलाई प्रवद्र्धन र बजारीकरणमा महत्वपुर्ण योगदान पु¥याएको महराले बताए । नेपाली जनता श्रम, सीप भएर पनि आफ्नै भुमिमा प्रयोग गर्न नपाउदाँ राज्यलाई घाटा भएको उनको भनाइ थियो । सरकार संविधान कार्यान्वयनकै चरणमा भएकाले तीन तहबीच अधिकार र  स्रोतको बाँडफाँडमा केही अन्तर विरोध भए पनि चाडैँ समाधान हुने बताए ।

कार्यक्रममा प्रतिनिधि सभाका सदस्य केदार सिग्देल, कृष्ण कुमार श्रेष्ठ किसान, कलिला खान, प्रदेश सभा सदस्य डोवाटे विक,  जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले , व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष कानमाजी श्रेष्ठ लगायतले महोत्सवले संस्कृति संरक्षण गर्दैै आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने बताए ।

महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजना तथा नेपाल मगर संघ तनहुँ, तमु ह्यूल छोंजधिं तनहुँ, नेवा खल तनहुँ, दुरा समाज तनहुँ, बोटे समाज तनहुँ, नेपाल तामाङ घेदुङ तनहुँ, कुमाल समाज तनहुँ, दरै समाज तनहुँ, भुजेल समाज तनहुँ, चेपाङ समाज तनहुँ, राई समाज तनहुँ र थकाली समाज तनहुँको सह–आयोजक रहेको महोत्सव मंसीर १० गतेसम्म सञ्चालन हुनेछ ।

‘अमूल्य भाषा, सस्ंकृतिको संरक्षण गरौं, भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं’ भन्ने नाराका साथ हुने महोत्सव स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै आदिवासी जनजातिको भाषा, संस्कृति संरक्षण गर्दैै पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले आयोजना गरिएको महोत्सव संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिइन् ।

महोत्सवमा २३० स्टल रहनेछन् । महोत्सव मूल आयोजक समितिकी संयोजक घर्तीका अनुसार विभिन्न खानाका स्टल १८, आदिवासी जनजातिका खानाका स्टल ८, आदिवासी जनजाति सम्बन्धी जानकारी दिने स्टल १, आदिवासी जनजाति सम्बन्धी पुस्तक प्रदर्शन स्टल ६, आदिवासी जनजातिका हस्तकलाका स्टल ८, कृषि उत्पादनका बिक्री तथा प्रदर्शन स्टल १२, अटो स्टल ८, विभिन्न व्यापारिक सामग्रीका प्रदर्शनी तथा बिक्री स्टल १२५, विभिन्न घरेलु तथा हस्तकला उत्पादनका प्रदर्शनी तथा बिक्री स्टल २०, सेवामूलक संस्थाका प्रदर्शनी स्टल १०, कम्प्यूटर, सञ्चार एवं शैक्षिक प्रदर्शनी तथा बिक्री स्टल, महोत्सव सूचना केन्द्र १ र अन्य विविध ६ वटा स्टल रहेका छन् ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...