तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव सकियो

मंसिर ११,तनहुँ ।
कात्तिक ३० गतेबाट सुरु भएको तेश्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव मंगलबार सकिएको छ । ११ दिनसम्म चलेको महोत्सवमा स्थानीय उत्पादन, जनजातिको नमुना गाँउ तथा जनजातिको लोपन्मुख पुराना सामग्रीहरु, जनजातिको विभिन्न परिकारका खाना विभिन्न सँस्कृति झल्किने झाँकीहरु प्रदर्शन गरिएको थियो । ‘अमूल्य भाषा, सस्ंकृतिको संरक्षण गरौं, भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं’ भन्ने नाराका साथ आदिवासी जनजातिको भाषा, संस्कृति संरक्षण गर्दैै पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने तथा आदिवासी जनजातीको जीवान्त संग्राहलाय निर्माणको उद्देश्यले आयोजित महोत्सव अवधिमा जनजातिको भेषभूषा तथा सांस्कृतिक नृत्य प्रस्तुत, लोकप्रिय तथा चर्चित कलाकारहरुको प्रस्तुती, आदिवासी जनजातिका सांस्कृतिक कार्यक्रम टाकटुके, लाखे, कौराहा, पाउँदुरे, मारुनी, छ्याड्डो, झ्याउरे, सोरठी, घाटुलगायतको प्रतियोगितात्मक प्रस्तुती समेत राखिएको थियो ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष घर्तीको सभापतित्वमा सम्पन्न समापन कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङले मेला महोत्सवले स्थानीय उत्पादनको बजारीकरणसँगै भाषा संस्कृतिको समेत संरक्षण गर्ने बताइन् । बेला बेलामा आयोजना भएका यस्ता मेला महोत्सवले यस ठाँउको आर्थिक उन्नतीमा टेवा पु¥याएको उनको भनाइ थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, महोत्सवका निर्देशक सिद्धान्त थापा लगायतले मन्तव्य राखेका थिए ।
महोत्सवमा २३० स्टल राखिएको थियो । विभिन्न खानाका स्टल १८, आदिवासी जनजातिका खानाका स्टल ८, आदिवासी जनजाति सम्बन्धी जानकारी दिने स्टल १, आदिवासी जनजाति सम्बन्धी पुस्तक प्रदर्शन स्टल ६, आदिवासी जनजातिका हस्तकलाका स्टल ८, कृषि उत्पादनका बिक्री तथा प्रदर्शन स्टल १२, अटो स्टल ८, विभिन्न व्यापारिक सामग्रीका प्रदर्शनी तथा बिक्री स्टल १२५, विभिन्न घरेलु तथा हस्तकला उत्पादनका प्रदर्शनी तथा बिक्री स्टल २०, सेवामूलक संस्थाका प्रदर्शनी स्टल १०, कम्प्यूटर, सञ्चार एवं शैक्षिक प्रदर्शनी तथा बिक्री स्टल, महोत्सव सूचना केन्द्र १ र अन्य विविध ६ वटा स्टल राखिएको थियो ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजना तथा नेपाल मगर संघ तनहुँ, तमु ह्यूल छोंजधिं तनहुँ, नेवा खल तनहुँ, दुरा समाज तनहुँ, बोटे समाज तनहुँ, नेपाल तामाङ घेदुङ तनहुँ, कुमाल समाज तनहुँ, दरै समाज तनहुँ, भुजेल समाज तनहुँ, चेपाङ समाज तनहुँ, राई समाज तनहुँ र थकाली समाज तनहुँ लगायतका संघसंस्थाको सहआयोजनामा महोत्सव सम्पन्न भएको हो ।

 

You might also like

Comments are closed.