तमू प्ये ल्हु संघ, केन्द्रिय युवा समितिद्वारा कास्की प्रहरीलाई सुरक्षा सामग्री वितरण

पोखरा ।

तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिद्धारा कास्की जिल्लामा कार्यरत सुरक्षाकर्मीको लागि मास्क, पञ्जा र सेनिटाइजर वितरण गरेको छ ।

लकडाउनका बेलामा अग्र मोर्चामा खटिएर काम गर्ने सुरक्षकर्मीहरुको मनोबल बढाउनका निम्ती सो सामग्री प्रदान गरिएको तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिका अध्यक्ष शुक्रराज तमूले जानकारी दिए । प्रदान गरिएको सुरक्षा सामग्रीहरुमा १ हजार थान मास्क, १ हजार थान पञ्जा र २५ लिटर सेनिटाइजर रहेको छ ।

जिल्ला प्रहरी कास्कीको प्रङगणमा आयोजित एक कार्यक्रममा तमू प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमू र उपाध्यक्ष आइबहादुर ल्हेगे तमूको विशेष उपस्थितीमा सो सामग्री कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरिएको हो ।

उक्त सामग्री मध्येबाट कास्कीका अरु प्रहरी चौकीलाई आवश्यकता अनुसार वितरण गरिने समेत प्रहरी उपरीक्षक कार्कीेले बताए ।

उक्त सामग्रीहरु नमस्ते हस्पिटल एण्ड रिसर्च सेन्टर, पोखराका निर्देशक डा. मनबहादुर गुरुङले ै सुपथ मुल्यमा तमू प्ये ल्हु संघ, केन्द्रिय युवा समितिलाई उपलब्ध गराएका थिए ।

You might also like

Comments are closed.