पोखरा ।
पोखरा चेम्बर अफ कमर्स कास्कीले पोखरा महानगरपालिकाका वडा अध्यक्षहरुको नेतृत्वमा तरकारी नियन्त्रणका लिएर खाल्डोमा गाडेर नष्ट गरेको घटनाको बिरोध गरेको छ ।
जेठ १५ गते विहान ४ बजे कानुन हातमा लिएर पोखरा १५ टुटुगांको गलेश्वरमार्ग लगायतका स्थानहरुमा तरकारी नष्ट गर्नमा संलग्न दोषीलाई कारवाहीको माग चेम्बरले गरेको छ । साथै आगामी दिनमा त्यस्ता घटना नदोहोर्याउन समेत सचेत गराएको छ । अति आवश्यक तरकारी तथा फलफुलको ओसारपसार, बिक्री वितरणको सहज व्यवस्था गर्न माग गर्दै चेम्बरका महासचिव उमराज बास्तोलाले मंगलबार प्रेस विज्ञप्ति मार्फत पीडित तरकारी व्यवसायीलाई क्षतिपुर्तीको व्यवस्था गर्न सरकारसंग माग समेत गरेका छन् ।
उनले तरकारी फलफुल लगायतका अती आवश्यक बस्तुहरुको सहज आपुर्तीको व्यवस्था मिलाउनुको सट्टामा स्थानीय सरकारका प्रतिनिधिको सहभागिताका भएको घटनाले कोरोना भाइरसको कारण मारमा परेका उद्योगी व्यवसायीलाई थप पिडा भएको दावी गरेका छन् । महासचिव बास्तोलाले पोखरा महानगपालिकाले मापदण्ड तयार गरी वाहिरी जिल्लाबाट तरकारी फलफुल आयात गर्ने निर्णयको स्वागत समेत गरेका छन । चेम्बरले खरिद दररेट मुल्य खुलेको सक्कली बिल भर्पाई लिएका व्यवसायी हरि गौतमको काभ्रे चितवनबाट ल्याएको ५ ट्रक तरकारी नष्ट गरिदा १० लाख बराबरको क्षति भएको दावी गरेको छ ।
Comments are closed.