तराकारीमा विषादी न्युनीकरणका लागि किसानलाई तालिम

पोखरा । तराकारीमा रासाययिक विषादी न्युनीकरण गर्न पोखरामा किसानलाई तालिम प्रदान गरिएको छ । कारितास नेपालको आयोजनामा पोखराका दुईवटा वडाका किसानलाई प्रयोगात्मक रुपमा तालिम दिएको हो । गत माघमा शुरु तालिम शनिबार सम्पन्न भएको छ ।

किसानलाई विऊ दिएर लहरे बाली लगाउदादेखि तरकारी फलेसम्म लाग्ने रोग किरा र त्यसको निदानका बारेमा प्रयोगात्मका तालिम दिएको कारितास नेपाल फिल्ड कार्यालयका प्रमुख शोभा आचार्यले जानकारी दिइन् । किसानहरुलाई कुन समयका कुन किरा लाग्छ र त्यसका लागि जैविक विषादी के हुन सक्छ भन्ने बारेमा जानकारी दिएको उनले बताइन् । जैविक विषादी कसरी बनाउने भन्ने बारेमा समेत सिप दिएको उनले बताइन् ।

आइपिएम अभिमुखीकरण तालिम समापन कार्यक्रममा अर्मला बिसाउनी पोखरा महानगर पालिका १६ र कोलपाटन आइपिएम अभिमुखीकरण किसान समूह पोखरा महानगरपालिका १५ का किसानहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।

अमला विसाउनी आइपिएम किसान पोखरा १६ समूहमा सहभागीलाई प्रमाणपत्र दिदै पोखरा महानगरपालिका १६ का अध्यक्ष जीवन आचार्य, कारितास नेपाल फिल्ड कार्यालयका प्रमुख शोभा आचार्य बिषादी भएको तकारी सेवनबाट मानव स्वास्थ्यमा असर गर्ने बताउदै बेलामै सचेत हुनुपर्ने बताए ।

कृषि सञ्जालका अध्यक्ष सुभाश अधिकारी, कृषि सञ्जालका पूर्व अध्यक्ष जित बहादुर बस्नेत, कारितास नेपाल फिल्ड कार्यालयका आइपिएम प्राविधिक अधिकृत हिममाया भण्डारी लगायतले सिकेका कुरा आगामी दिनमा समेत व्यवहारमा ल्याउनुपर्ने बताए । कार्यक्रमको प्रतिबेदन लक्ष्मी श्रेष्ठले प्रस्तुत गरेकी थिइन् भने कार्यक्रमको अध्यक्षता लक्ष्मी पौडेल र सञ्चालन पार्वती बस्नेतले गरेकी दिइन् ।

पोखरा १५ को समापन कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष प्रकाश पौडेल, मेरिल्याड किड्स मन्टेश्वरीका प्रिन्सिपल सिता तिमिल्सिना, कारितास नेपाल क्षेत्रीय कार्यालय तालिम केन्द्रका प्रमुख दुर्गा लामा, कारितास नेपाल फिल्ड कार्यालका आइपिएम प्राविधिक अधिकृत हिममाया भण्डारी, मुक्तिनाथ पौडेल, बविता गुरुङ लगायतले शुभकामना दिएका थिए ।

तालिमको प्रतिबेदन सुशीला बानियाले प्रस्तुत गरेकी थिइन् भने कार्यक्रमको अध्यक्षता अम्बादेवि पराजुलीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन सुनिता खड्काले गरेकी थिइन् । कार्यक्रममा बढ्दो रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै सबै बलैमा सचेन हुनुपर्ने बताएका थिए ।

You might also like

Comments are closed.