तरुलमा पनि नेपाल परनिर्भर, यस्तो छ अवस्था

काठमाडौं, १ माघ । तरुलमा पनि नेपाल परनिर्भर छ । माघे संक्रान्ति मान्नसमेत तरुल आयात गर्नुपर्छ । कन्दमुल समूहमा पर्ने तरुलको माग यो चाडमा अत्याधिक हुन्छ । यसलाई चाकु र घिउसँगै खाइन्छ । उपत्यकामा मात्र एक सातामा झण्डै २० करोड रुपैयाँको तरुल बिक्री भएको छ ।

त्यसमध्ये १० प्रतिशत ९करिब दुई करोड रुपैयाँ० तरुत भारतको उत्तर प्रदेशबाट आयाात भएको छ । ‘अहिले आयात दर भने विस्तारै घट्दो क्रममा छ,’ नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खेमप्रसाद घिमिरेले भने, ‘स्वदेशमै ठुलो परिमाणमा उत्पादन हुन थालेको छ ।’ आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

You might also like

Comments are closed.