तलब भत्ता सामाजिक काममा खर्चिए सांसद विन्दु थापाले

आर्थिक आवाज पोखरा, १८ चैत ।

गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापाले आफूले पाएको तलब भत्ता सामाजिक काममा खर्च गरेका छन् । निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुसार आफूले पाएको सम्पूर्ण सुविधा सामाजिक काममा खर्च गरेको थापाले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । आफूले पाएको सुविधामा रकम थप गरी विकास निर्माण र सामाजिक काममा खर्च गरेको बताउँदै उनलेे अागामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । २०७४ माघ महिनादेखि २०७५ माघसम्ममा ७ लाख ९ हजार १ सय ३५ रूपैयाँ सेवा सुविधाबापत प्राप्त गरेकोमा १० लाख ५४ हजार ६ सय ५५ रूपैयाँ खर्च गरिसकेको थापाले बताए ।

 

You might also like

Comments are closed.