तालचोकमा रहेको वल्डलिङ्कको सम्पर्क कार्यालय अब भण्डारढिकमा

पोखरा, ६ साउन ।

देशभरी फाइबर इन्टरनेट मार्फत छुट्टै छवि जमाउन सफल वल्डलिङ्क कम्युनिकेसन प्रा.लिको पोखरा महानगरपालिका –२७ स्थित तालचोकमा रहेको सम्पर्क कार्यालय भण्डारढिकमा सरेको छ । महेन्द्रपुलमा मुख्य शाखा कार्यालय रहेको यस प्रा.लिले शिशुवा, बेगनास, पावरहाउस, सैनिकबस्ती, बुढीबजार, ढुङ्गेपाटन, तालचोक, अर्घाैचोक, रिठ्ठेपानी तथा लेखनाथ आसपासका सेवाग्राहीको सुबिधालाई मध्यनजर गर्दै आफ्नो पाँचौ सम्पर्क कार्यालय भण्डारढिकमा सारेको हो ।

वल्र्डलिङ्क कम्युनिकेसन प्रालि नेपालका जनरल म्यानेजर किरण गौतम, वल्र्डलिङ्क कम्युनिकेसन प्रालि काठमाडौंका प्रतिनिधी प्रजय नेपाल, र वल्डलिङ्क कम्युनिकेसन प्रा.लि पोखराका शाखा प्रमुख युसफ श्रेष्ठले सम्पर्क कार्यालयको बिधिगत शुभारम्भ गरेका हुन् ।

सोही अबसरमा बोल्दै जनरल म्यानेजर किरण गौतमले ईन्टरनेट तथा प्रबिधिको माध्यमबाट सबै नेपालीलाई जोडेर मुुलुकलाई समृद्ध बनाउन टेवा पु¥याउने बताए । “छिटो भनेकै वल्डलिङ्क” भन्ने नारा सहित ग्राहकलाई तिब्र गतिको फाईबर ईन्टरनेट तथा नेटटिभीको समेत ग्राहकलाई सर्बसुलभ मुल्यमा सेवा दिदै आएको उल्लेख गरे । पछिल्लो समय प्रबिधीको युग हो उनले भने “ईन्टरनेटको उचित प्रयोग गर्न सके मुलुक समृद्ध बनाउन ठुलो भुमिका खेल्छ ।”

त्यस्तै वल्डलिङ्क कम्युनिकेसन प्रालि पोखराका शाखा प्रमुख युशफ श्रेष्ठले लेखनाथ क्षेत्रका सेवाग्राहीले सो सम्पर्क कार्यालयबाट वल्र्डलिङ्क बारे प्राबिधिक सहयोग, बिल भुक्तानी तथा नयां सेवा लगायतका जानकारी लिन सक्ने बताए । उनका अनुसार यो पोखराको पाँचौ सम्पर्क कार्यालय हो ।

तिब्र गतिमा देशै भरि बजार बिस्तार गरिरहेको वल्डलिङ्कले पछिल्लो समय पोखरा आसपासका कुस्मा, बाग्लुङ, बेनीबजारमा ईन्टरनेट पु¥याईसकेको उल्लेख गर्दै यथाशिघ्र स्याङ्जा, आबुखैरेनी तथा गोरखा बजार लगायतका ठाँउहरुमा छिट्टै ईन्टरनेट सेवा उपलब्ध गराउने श्रेष्ठले बताए ।

पोखरा आसपासका ग्राहकहरुले आफुलाई पायक पर्नेे जुनसुकै सम्पर्क कार्यालयबाट सेवा सुबिधा लिन सक्ने समेत उनको भनाई रहेको थियो । वल्डलिङ्क कम्युनिकेसन प्रालिले यसअघि पोखरा महानगरपालिकाको राष्ट्रबैंकचोक, बगर र अमरसिंहचोकमा आफ्नो सम्पर्क कार्यालय सञ्चालनमा ल्याईसकेको छ ।

You might also like

Comments are closed.