आर्थिक आवाज
पोखरा, १५ भदौ ।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को आयोजनामा हिन्दु महिलाको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जमुना पराजुलीको अध्यक्षता तथा नेपाल संगीत नाट्य सभा सदस्य प्राज्ञ हरिदेवी कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै कोइरालाले तीजलाई तडकभडक रहित बनाउनुपर्ने र आफ्नो मौलिकता झल्काउनुपर्ने बताइन् । साथै संस्थाले छोटो समयमा नै धेरै राम्रो काम गरेकोमा प्रशंसा गर्दै सबैलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरिन् । कार्यक्रममा तीजका पुराना गीत पनि उनले गाएकी थिइन् ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ महिला उपसमिति संयोजक सीता बराल, पोखरा उद्योग वाणिज्य संघका सदस्य किसान सुनार, संस्थाका सल्लाहकार देवका पहारी, पम्फा पहारी, सञ्चारिका समूह पश्चिमाञ्चलकी अध्यक्ष जमुना वर्षा शर्मा लगायतले बोलेका थिए ।
लक्ष्मी लामिछानेको संयोजकत्व तथा शारदा भुजेल र मञ्जु कार्कीको सहसंयोजकत्वमा कार्यक्रम भएको हो । कार्यक्रममा कार्यक्रम संयोजक उमा काफ्लेले स्वागत तथा लक्ष्मी लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए ।