तिजको शुभकामना दिँदै भोट भाग्दै प्रजू प्यानल

पोखरा, २७ भदौ । पोखरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा उमेद्वारी दिएको प्रजू प्यानलले नव आदर्श सामुदायिक विकास समाजले लामाचौरमा आयोजना गरेको तिज महोत्सवमा पुगेर तिजको शुभकामना दिदै महिला उद्यमी व्यवसायीसँग मोट मागेको छ । संघका वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष समेत रहेका रवीन्सन प्रजूको नेतृत्वमा रहेको यस प्यानलका पदाधिकारी तथा सदस्य पदका उमेद्वारहरु महोत्सवमा पुगेका थिए । कार्यक्रममा मन्तव्य दिँदै अध्यक्ष पदका उमेद्वार रवीन्सन प्रजूले आफ्नो टिम सबै हिसाबले समावेशी तथा अनुभवी भएकोले अत्याधिक बहुमतका साथ विजयी गराउन सबैसँग आग्रह गरे ।

आफूले पोखरा उद्योग वाणिज्य संघमा १२ बर्ष सेवा गरिसकेको बताउँदै उनले आफ्नो टिमको पदाधिकारी तथा सदस्यहरुमा बर्षाैसम्म संघमा सेवा गरेका व्यक्तिहरु रहेको पनि जानकारी दिए । पोखराको उद्योग व्यवसायको प्रवद्र्धनका साथै उद्योगी व्यवसायीहरुको हरेक समस्या समाधानमा आफ्नो टिम लागिपर्ने प्रतिवद्धताका साथ प्रजूले पोखरामा महिला उद्यमशीलताको विकासको लागि आफ्नो टिम लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे । यस अघि विभिन्न पदमा कार्यरत रहँदा पनि आफू महिला उद्यमशीलताको विकासमा लागिपरेको बताउँदै आफ्नो टिमको दुई पदाधिकारी पद सहित कार्यसमिति सदस्यमा उल्लेख्य मात्रामा महिलालाई समावेश गराएको पनि बताए ।

उक्त अवसरमा महिला उद्यमी व्यवसायीसँग भेटघाट गर्दै उद्योग उपाध्यक्ष पदका उमेद्वार विन्दु कोइराला सुवेदीले पोखरा उद्योग वाणिज्य संघमा महिला सदस्यता बढाउन आफूले विगतमा पनि मतत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । आफू सँघै महिला उद्यमी व्यवसायीको पक्षमा रहेकोले संघमा निर्वाचित भएमा आगामी दिनमा अझै उत्साहको साथ महिला उद्यमी व्यवसायीको पक्षमा काम गर्ने प्रतिवद्धता जनाईन् ।

त्यसैगरी उक्त उपलक्ष्यमा उपमहासचिव पदकी उमेद्वार चिनुकुमारी गुरुङले पोखराको महिला उद्यमशिलताको विकासको लागि अझै धेरै काम गर्नुृपर्ने भएकोले आफू त्यसमा लाग्नुपर्ने बताइन् ।

महोत्सवमा जानु अघि यस टिमले पोखराको न्यूरोड, पृथ्वीचोक लगायतका ठाँउमा घरदैलो गरी उद्योगी व्यवसायीहरुसँग भेट गरेको थियो । भेटघाटको क्रममा उद्योगी व्यवसायीहरुले प्रजू प्यानल के का लागि भनेर प्रश्न पनि गरेका थिए । यस प्यानलमा रहेका पदाधिकारी तथा सदस्य पदका उमेद्वारहरुले पोखरा उद्योग वाणिज्य संघको विगतको गरिमामय इतिहासलाई जोगाउँदै समग्र पोखरेली उद्योगी व्यवसायीको संरक्षण र हितमा काम गर्ने आफ्नो पहिलो उद्देश्य रहेको बताएका थिए ।

You might also like

Comments are closed.