तीज गीत मार्फत व्यवसायी भुजेल भन्छन्,   ‘मानबको चेतनालाई भार पर्‍या छ’

डि.बि. भुजेल

 

सरकार र जनतालाई हात जोडी भन्छु है

कोरोनाको कहर सबै अब कहन्छु है ।

 

शक्ति राष्ट्र भन्नेलाई नि धुरुधुरु रुवाको छ

डाक्टर र बैज्ञानिकलाई हावा ख्वाको छ ।

 

करोडौंको लकडाउन गरि आफू शयर गर्‍याछ

मानवको चेतनालाई भार पर्‍या छ ।

 

लाखौंलाखको ज्यान लिने यस्ले किन गर्दैछ

प्राकृतिक दोहन गरी संसार भर्दैछ ।

 

नाकाबाट कोरोना छिर्यो सेना प्रहरी लगाउ है

सचेत बनी संकटलाई सिधै भगाउ है ।

 

विदेशिएका नेपालीलाई धैर्य गर्ने शक्ति देउ

उट्याङपट्याङ बोल्ने हैन राम्रो मति देउ ।

 

लकडाउनसंगै कलम पनि बन्द गरे विज्ञले

गर्नु पर्यो सबै काम दुर दृष्टिले ।

 

राजनैतिक नियुक्ति र फजुल खर्च घटाउदै

द्वेष राग असमझदारी सबै हटाउदै ।

 

ज्यालादारी असहायको राहत चाडो गर है

ठाउँ-को-ठाउँ सहयोग गरि माना भर है ।

 

शहरमा कौशी खेती अब सुरु गरौं त

अल्छी नगरी खेती गरि भकारी भरौं त ।

 

बेला यस्तो घर्कदो छ, शान्तिकामना गरौं न

बुढाबुढी दिर्घरोगीलाई रासन भरौं न

 

आत्मबल र सामाजिक दुरी यसको मूल मन्त्र हो

डेलिभेरी सहित सुशासन ल्याउनु गणतन्त्र हो ।

 

खिचितानी अति भयो बुद्धि कैले फेर्ने हो

समृद्दी पनि ल्याउने हो कि कलंक भिर्ने हो ।

 

बिन्ती गर्छु सरकारलाई चाडो ज्ञान लिनु है

माथी उल्लेख समस्यालाई ध्यान दिनु है ।

You might also like

Comments are closed.