तीन पावरफुल बाइक, मूल्य करिब ४ लाखदेखि ६ लाखसम्म

 

काठमाडौं । नेपाली बजारमा करिब ४ लाख देखि ६ लाख सम्मको बाइकको पनि राम्रो बजार छ । यतिमात्र होइन सो सेगमेन्टमा कैयौ राम्रा बाइक पनि रहेका छन् । सो सेगमेन्टका बाइक निकै चर्चित पनि छन् । मूल्य र पावरको हिसाबले नेपाली बजारमा रहेका शक्तिशाली तीन बाइक यी हुन् ।

बजाज डोमिनार ४००

बजाज कम्पनीले आफ्नो बजाज डोमिनार ४०० हालै अपग्रेड गरेको छ । सो बाइकको डिजाइन र स्टाइल केही डुकाटी डायभल जस्तो पनि देखिन्छ । बाइकको ट्याङकीमा नयाँ डिजिटल, सेकेन्डरी इन्स्ट्रुमेन्ट ड्यासबोर्ड समावेश गरिएको छ । जसले एबीएस र न्युट्रल इन्डिकेटरको जानकारी दिन्छ । साथै नयाँ ड्यास गियर पोजिशन र ट्रिप मिटरको पनि जानकारी दिएको हुन्छ । बजाजले डोमिनारमा पावरमा पनि केही सुधार गरेको छ ।

यसमा रहेको ३७३ सीसी, सिंगल सिलिन्डर मोटरले ३९।९ एचपीको पावर र ३५ एनएमको टर्क जेनेरेट गर्छ । डोमिनारमा स्ट्यान्डर्ड ड्युअल च्यानल एबीएच पनि समावेश गरिएको छ । नेपाली बजारमा बजाज डोमिनारको मूल्य ५ लाख ८९ हजार ९ सय रुपैयाँ छ ।

रोयल इन्फिल्ड हिमालयन

गएको वर्ष रोयल इन्फिल्डले हिमालयनमा अपडेट गरेको थियो । अपडेटेड हिमालयनमा फ्युल इन्जेक्सन सिस्टम उपलब्ध रहेको छ । यसको साथै यसमा आयल कुलरमा अतिरिक्त सानो मेटल गार्ड, फ्युल ट्यांक क्यापको लागि मेट ब्ल्याक पाउडर कोटिङ समावेश गरिएको छ । बाइकमा सस्पेन्सन ट्रयाभलको रुपमा अगाडि २२० एमएम र रियरमा १८० एमएम रहेको छ । सो बाइकको ग्राउण्ड क्लियरेन्स २२० एमएम रहेको छ ।

सो बाइकको सिट हाइट ८०० एमएम रहेको छ । जसको कारण होचो राइडर्सले पनि सो बाइक चलाउन सजिलो हुन्छ । बाइकमा २१ इन्च फ्रन्ट ह्विलको साथमा १७ इन्च रियर ह्विल समावेश गरिएको छ । सबै रोयल इन्फिल्ड बाइक्समा जस्तै हिमालयनमा पनि ड्युल च्यानल एबीएस समावेश गरिएको छ । यसको मूल्य ६ लाख ४९ हजार रुपैयाँ छ ।

यामाहा एफजेड २५

सन्र २०१७ मा यामाहा एफजेड २५ लन्च भएको थियो । सो बाइकको राम्रो लुकको कारण ग्राहकहरुमाझ सो बाइक निकै चर्चित रहयो । सो बाइक २४९ सीसीको रहेको छ । यसमा सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन जडान गरिएको छ । यसको तौल १४८ किलोग्राम रहेको छ र यसको माइलेज ४३ किलोमिटर प्रति लिटर रहेको छ ।

यामाहा एफजेड २५ मा ड्युअल च्यानल एबीएस, एलईडी हेडलाइट र एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर समावेश गरिएको छ । यसको मूल्य ३ लाख ८९ हजार ९ सय रुपैयाँ छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.